ईपीएस मार्फत कृषिमा आएका महिलाहरुको अवस्था अत्यन्त कष्टकर

५ भाद्र २०६९, मंगलवार १५:५० मा प्रकाशित

डम्बर सुब्बा, कोरिया । ईपीएस मार्फत कोरियामा कृषिमा काम गर्न आएका नेपाली महिलाहरुको अवस्था अत्यन्त कष्टकर र चिन्ताजनक भएको छ । अध्यागमन विभागको डाटामा कृषिमा आएका नेपाली महिलाहरुको संख्या ५ सयमा हाराहारीमा रहेको उल्लेख गरिएको छ ।
ईपीएस मार्फत ३ महिना अघि कृषिमा काम गर्न आएकी झापाकी रमिला प्रधान रुदै भन्छिन,- “विहान ६ बजे देखि बेलुकीको ६ बजे प्लाष्टिकको सानो घरमा ४० डिग्रीको गर्मीमा काम गर्नु पर्छ । प्लाष्टिकको सानो घरमा साग टिप्ने काम गर्दा १२ घण्टा सम्म कुप्रिएर काम गर्दा ढाड दुखेर मर्नु हुन्छ । बस्ने कोठा पनि कन्टेनर दिएको छ सानो कन्टेनरमा ५ जना बस्नु पर्छ । गर्मीले गर्दा जीउ भरी घमौरो र पानी फोका आएको छ । कंम्पनी मालिकले उपचार गर्न पनि लादैन र औषधी पनि किनी दिदैन । कोरियामा व्यर्थ आएछु पश्चयताप लागी रहेको छ ।”
त्यस्तै १ बर्ष अघि कृषिमा नै आएकी भोजपुरकी गिता राई भन्छिन,- “नेपालबाट आउदा हाम्रो श्रमिक सम्झौता पत्रमा हप्ताको ४४ घण्टा काम र हप्ताको १ दिन बिदा भनेर उल्लेख गरिएको छ । कंम्पनी मालिकले दिनको १२ घण्टा काममा लगाउँछ अनि महिनामा २ पल्ट मात्र बिदा दिन्छ । यस सम्बन्धमा कंम्पनी मालिकसंग कुरा गर्दा काम गर्देनस भने नेपाल जा भनेर धम्की मात्र हैन नानाथरी गाली गलौज गर्ने गर्छ । यस सम्बन्धमा कसलाई भनेर हाम्रो अधिकार खोज्ने भन्दै आखाबाट आंशु झार्दछ ।”
त्यस्तै २ बर्ष अघि कोरिया आई च्याउ खेतीमा कार्यरत पोखराकी सुमिरा गुरुङ कोरिया आएको २ बर्ष भई सक्यो । उनले कोरियाको राष्ट्रिय ईन्सुरेन्स पनि नगरीदिएको र द:ख बिमार पर्दा आफूले नै मंहगो अस्पताल खर्च तिरेर उपचार गर्ने बताइन् । त्यति मात्र नभएर महिनाको २ दिन बिदा दिने र त्यो पनि विदाको दिन खाना बनाउने क्याटिन नै बन्द गरि दिने गरेको बताइन् । बिदाको दिन पाउरोटि र काचो नुडल्स खाएर दिन विताउनु पर्छ । “काम छैन माम पनि छैन भन्छ । यिनीहरु मान्छे होईन रहेछ । कंम्पनी सर्न पनि गाह्रो छ । कंम्पनी सर्छु भनेर लेटर मागेको मालिकले लेटर दिन्न जे गर्छस गर भन्छ । हामीलाई त मान्छे नै गन्दैन” उनले भनिन् ।
ईपीएस मार्फत कोरिया आउनु अघि विभिन्न राष्ट्रका विदेशी मजदुरहरुले कंम्पनीको मालिकसंग श्रमिक सम्झौता गर्नुपर्ने हुन्छ । अधिकांस कृषि क्षेत्रमा कार्यरत विदेशी मजदुरहरुको हकमा सो श्रमिक सम्झौता स्वरुप कार्यन्यवन नभएको पाईएको छ । साथै ईपीए मार्फत कोरिया आएका विदेशी मजदुरहरु काम गरेको दिन देखि कंम्पनीले अनिवार्य राष्ट्रिय ईन्सुरेन्समा दर्ता गरि दिनु पर्ने नियम छ । तर कृषि क्षेत्रमा कार्यरत ९० प्रतिशत विदेशीहरु मजदुरहरु कोरियाको राष्ट्रिय ईन्सुरेन्समा दर्ता गरेको पाईन्दैन । यस सम्बन्धमा सम्बन्धीत निकायको ध्यान जानु अति जरुरी देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का