दाम्लोमा बाँधिएकी बालिकाको उपचारका लागि चिकित्सकलगायत सहयोगी हात जुटे

२ चैत्र २०६८, बिहीबार १०:५७ मा प्रकाशित

    दाम्लोमा बाँधिएकी बालिका रचनाको स्वास्थ्य उपचारका लागि मानसिक रोग चिकित्सक र औषधि व्यवसायीहरू अग्रसर भएका छन् ।
“जीतपुर–३ पहाडी टोल बस्ने रत्नप्रसाद अधिकारी र मेनुका अधिकारीकी १३ वर्षीया छोरी रचना अधिकारी सुस्त मन:स्थितिकी भएको कारण दाम्लोमा बाँधेर राखिएको छ । आर्थिक अवस्था कमजोर अधिकारी परिवारले आफूहरू काममा गएको बेला रचना बेपत्ता भइदिने डरले दाम्लोले बाँधेर राख्नुपरेको बताएका छन् ।
सुस्त मनस्थितिकी बालिका रचनाको सम्बन्धमा चैत १ गते बुधवार समाचार प्रकाशित भएपछि बालिकाको निश्शुल्क उपचारको लागि चिकित्सक र औषधि व्यवसायीहरूले अग्रसरता देखाएका छन् ।
रचनाको उपचारका लागि वीरगंजमा मानसिक रोग विशेषज्ञ डा. भरतकुमार गोइत निश्शुल्क सेवा प्रदान गर्न तयार भएका छन् भने आवश्यक औषधिका लागि करुणा करम फर्मा वीरगंजका विश्वराज गौतम, एसियन फर्माका बजार प्रतिनिधि धर्मेन्द्र रजक र म्यागसन फर्माका बजार प्रतिनिधि रामबाबू सिंह तयार भएका छन् ।
प्रतीकमा समाचार पढेपछि हातमा पत्रिका बोकेर सहयोगी हातहरू जुटाउन लागिपरेका विश्वराज गौतमले बालिकाको स्थितिले आफूहरूलाई चिन्तित पारेको बताए । “उनलाई सहयोग गर्न हामी आतुर छौ, उत्साही पनि छौं”– मानिसक रोग विशेषज्ञ डा. गोइतको भनाइ उधृत गर्दै गौतमले भने–“बालिकाको बिमारी ठीक हुन सक्छ ।”
बालिकाका अभिभावक तथा आफन्तलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरिएको एसियन फर्माका धर्मेन्द्र र म्यागसनका रामबाबूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको