फैसलाको विरोधमा दाङ बन्द

५ भाद्र २०६९, मंगलवार १३:३२ मा प्रकाशित

काठमाडौं, ५ भदौ । पूर्वाग्रही निर्णय गरी पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको बिरोधमा कांग्रेस निकट युवा तथा विद्यार्थी सङ्गठनले दाङ बन्द गराएको छ । सर्वोच्च अदालतको फैसला पूनर्विचार गरिनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ र तरुण दलले बन्द आह्वान गरेका हुन् ।
तुलसीपुर, घोराही लमही, भालुवाङ् र गढवा बजार ठप्प भएका छन् भने बन्दका कारण आज विहानैदेखि जिल्लाको जनजीवन प्रभावित भएको बताइएको छ । दाङ जिल्लाभित्र र बाहिर चल्ने सम्पूर्ण सवारी साधन बन्द भएका छन् । पूर्व पश्चिम राजमार्गको भालुवाङ र अर्जुनखोलामा गाडीहरु रोकिएको प्रहरीले जनाएको छ । बन्दकर्ताले घोराहीको बैंकरोडमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।
उता प्युठानमा भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग गर्दै नेपाल तरुण दल प्यूठानले जिल्ला बन्दको आहृवान गरेको छ । विहानैदेखि यातायातका साधन सञ्चालन हुन नसकेको स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार