फिलिपिन्सको बिमान दुर्घटनामा नेपाली विद्यार्थीको निधन

५ भाद्र २०६९, मंगलवार १२:४० मा प्रकाशित

काठमाडौं, ५ भदौ । गत शनिबार फिलिपिन्समा भएको हवाई दुर्घटनामा नेपाली विद्यार्थी क्षितिज चन्दको मृत्यु भएको पुष्टि भएको छ। फिलिपिन्समा पाइलट कोर्स गर्न गएका चन्द र फिलिपिनो पाइलटको शव दुर्घटना परेको विमानको ककपिटमा अड्किएको अवस्थामा फेला परेको एसोसिएट प्रेसले जनाएको छ। क्षितिज कोपाइलटकारुपमा फिलिपिन्सका गृहमन्त्री चढेको सानो विमानमा सवार थिए। दुर्घटनामा फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडोको समेत मृत्यु भएको थियो । हराइरहेका रोब््रेडोको शवचाहिं समुन्द्रमा फेला परेको छ।
उनको शव समुन्द्रको ५५ मिटर गहिराईबाट झिकिएको यातायात मन्त्री मार रोक्सासले जानकारी दिए।
मंगलबार बिहान स्थानीय समयअनुसार सांढे ७ बजे दुबै पाइलटको शव ककपिटमा देखिए पनि उनीहरुको शव निकाल्न नसकिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा