सिटीइभिटीको भ्रष्टाचारमाथि छानबिन सुरु

५ भाद्र २०६९, मंगलवार १०:२१ मा प्रकाशित

काठमाडौ, ५ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को लब्धांक पत्रमा भएको लापरबाहीबारे राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ । छानबिनका लागि केन्द्रबाट अनुरोधसहित फाइल आएको केन्द्रका उपसचिव शेरबहादुर ढुंगानाले जनाएका छन् । राष्ट्रिय योजना आयोगले सीटीईभीटी बाट जारी भएका त्रुटियुक्त शैक्षिक प्रमाणपत्र छानबिनका लागि केन्द्रमा पठाएको थियो । राष्ट्रिय विकास स्वयंसेवक सेवा (एनडीभीएस) ले विभिन्न विषय र क्षेत्रका उमेदवारको दरखास्त आह्वान गरेपछि परेको आवेदनमा पेस भएका शैक्षिक प्रमाणपत्र छानबिनमा परेका थिए भने सीटीईभीटी र मातहतका शिक्षालयबाट विभिन्न मितिमा जारी भएका प्रमाणपत्रमा सात प्रकारका गल्ती र लापरबाही भएको भेटिएपछि एनडीभीएसले कारबाहीका लागि फाइल तालुक अड्डा राष्ट्रिय योजना आयोगमा पठाएको थियो । सीटीईभीटीले आफ्ना सबै गल्ती स्वीकारेको छ ।
बारम्बार अनियमितता र घोटालाका कारण बदनाम भएको सीटीईभीटीमा पछिल्लोपटक मिलेमतोमा प्रश्नपत्र सार्वजनिक र शैक्षिक प्रमाणपत्रमा मनोमानी अंक दिएको भेटिएको हो । अध्ययनका क्रममा कतिपय प्रमाणपत्रमा मिलेमतोमा अंक तलमाथि गरिएको हुन सक्ने आशंका छ । योजना आयोगका अनुसार सीटीईभीटी का अधिकांश शैक्षिक प्रमाणपत्रमा मिति र प्राप्तांक प्रतिशतमा लेखेको, कुल प्राप्तांक र प्रतिशत फरक परेको, प्रतिशत र श्रेणी फरक परेको लगायतको समस्या भेटिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही