फेसबुकमा दलका कार्यकर्ताको आलोचना गरेपछि …

५ भाद्र २०६९, मंगलवार ०७:४८ मा प्रकाशित

काठमाडौं, ५ भदौ । प्रहरी जवानमाथि जलिरहेको मसालले आक्रमण गर्ने आन्दोलनकारीको अमानविय कार्यको फेसबुकमार्फत् आलोचना गरेका कारण एक डिएसपीको सरुवा भएको रहश्योद्घाटन भएको छ । सरकारविरुद्ध आन्दोलनका क्रममा एमालेको भातृसंगठन युवा संघ कार्यकर्ताले प्रहरीमाथि गरेको ज्यादतीको डिएसपी दीपशमसेर राणाले कडा फेसबुकमा कडा टिप्पणी गरेका थिए । उनले फेसबुकमा उक्त कामको आलोचना गर्दै महेश बस्नेतलाई संरक्षण दिएको भन्दै उनको माउ पार्टी एमालेको समेत आलोचना गरेका थिए।
डिएसपी राणालाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। बुझिएअनुसार राणाको फेसबुक स्टाटस देखेलगत्तै एमालेका उच्च नेताले प्रहरीका माथिल्ला अधिकारीलाई राणालाई सरुवा गर्न दबाब दिएका थिए। बस्नेतले प्रहरीमाथि गरेको दुर्व्यवहारप्रति प्रहरीका उच्च अधिकृतसमेत असन्तुष्ट भए पनि एमाले नेताहरूको निरन्तर दबाबपछि प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले राणालाई कार्यदलबाट प्रधान कार्यालयको ट्राफिक निर्देशनालयमा सरुवा गरेका छन्। राणाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो