काठमाडौंको मुटूले चोला बदल्ने

५ भाद्र २०६९, मंगलवार ०७:३५ मा प्रकाशित

काठमाडौं, ५ भदौ । काठमाडौं सहरको मुख्य क्षेत्रलाई इको सिटी घोषणा गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । पर्यटकीय र वातावरण प्रदूषणरहित सहरका रुपमा दर्शाउने उद्देश्यले न्युरोड, खिचापोखरी, असन र हनुमानढोका लगायतका क्षेत्रलाई इको सिटी घोषणा गर्ने तयारी गरिएको महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताउनुभयो । उल्लेखित स्थानहरु पुरातात्विक महत्त्वका भएकाले पनि यस्तो तयारी गर्नुपरेको उहांको भनाई छ ।
यस कार्यका लागि महानगरले तीन महिनाको समयसीमा राखेको छ । इको सिटी घोषित क्षेत्रमा सवारी प्रवेश गर्न पाउने छैनन् भने फोहोर र प्लास्टिकबाट पनि यो मुक्त हुनेछ । त्यसका लागि सघाउन स्थानीय व्यापारी र युवालाई महानगरले आह्वान गरेको छ ।

इको जोन घोषित क्षेत्रमा दिउँसो ठूला सवारी साधन पूर्णरूपमा निषेध गरिनेछ । स्थानीय बासिन्दाका मोटरसाइकल मात्र प्रवेश गर्न दिइने अधिकारीले बताउनुभयो । उहांका अनुसार त्यस क्षेत्रका स्थानीय बासिन्दालाई परिचयपत्र वितरण गरिनेछ भने सवारी साधनको पनि रेकर्ड राखिन्छ । त्यसपछि वसन्तपुरदेखि ठमेलसम्मको क्षेत्र पदयात्रीलाई सहज पनि हुने विश्वास गरिएको छ ।
उक्त क्षेत्रमा ठूला सवारी साधन बिहान सात बजे र बेलुका आठ बजेपछि मात्र प्रवेश गर्न सक्ने मापदण्ड बनाउने तयारी भइरहेको जनाउंदै उहांले केही दिनमा त्यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, स्थानीय युवा, व्यापारी, संघसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधि लगायतसँग छलफल गरिने जानकारी दिनुभयो । उक्त क्षेत्रमा पहिलो चरणमा महानगरले कम्तीमा आठवटा वातावरणमैत्री सवारी किनेर परीक्षण गर्नेछ, त्यो सफल भएमा सहरका अन्य क्षेत्रमा पनि विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको