नेपालगञ्जमा प्रचण्डले बोली फेरे

५ भाद्र २०६९, मंगलवार ०७:१६ मा प्रकाशित

काठमाडौं, ५ भदौ । विपक्षी दलहरु र खासगरी नेपाली कांग्रेस तथा कांग्रेस सभापति सुशील कोइरालाप्रति पछिल्ला केही दिनयता निकै आक्रमक देखिंदै आएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक सहमति भए कांग्रेस नेतृत्वमा सरकार बनाउन सकिने बताएर पुनः आफू सहमतीय राजनीतिका लागि तत्पर रहेको सन्देश दिने प्रयत्न गरेका छन् । सोमबार बांकेको नेपालगञ्जमा सञ्चारकर्मीहरुसंगको भेटमा दाहालले सहमतिका आधारमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सकिने अभिव्यक्ति दिएका हुन् ।

अध्यक्ष दाहालले विनासहमति राष्ट्रपतिले प्रधानमन्त्री बनाउने कार्य संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चालाई अमान्य हुने उल्लेख गर्दै राजनीतिक सहमति नहुंदासम्म प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने प्रतिवद्धता दोहो¥याए । दाहालले वर्तमान सरकारलाई समर्थन गर्नुको अर्थ सरकारको कत्ति पनि कमी कमजोरी छैन भन्न नखोजिएको स्पष्ट पारे । अध्यक्ष दाहालसंगै उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि नेपालगञ्ज पुग्नुभएको थियो ।

यसैबीच, नेकपा एमालेले सरकारले एकपक्षीय रुपमा पेश गरेको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट अस्वीकृत हुनु नितान्त स्वभाविक भएको ठहर गरेको छ । कार्यवाहक अध्यक्ष वामदेव गौतमले एक विज्ञप्ती जारी गरी सरकारले संविधानका प्रावधानहरुलाई मिच्ने गरी अध्यादेश प्रस्तुत गर्नु आफैमा संविधानको सर्वोच्चता र विधिको शासनविपरितको कार्य भएको उल्लेख गर्नुभएको छ । कामचलाउ सरकारले सर्वसत्तावादी मनसायका साथ संविधानको व्यवस्था र आफ्नो हैसियतविपरित प्रस्तुत गरेको निर्वाचनसम्बन्धी अध्यादेश अस्विकृत भएको घटनाले सरकार र सत्तारुढ दलहरुमा छटपटी सुरु भएको विज्ञप्तिमा लेखिएको छ । एमालेले सरकारको यस्तो अलोकतान्त्रीक एवं सर्वसत्तावादी कदमको घोर निन्दा एवं भत्र्सना गरेको छ । विज्ञप्तिमार्फत ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित संस्थाको मर्यादाविरुद्ध दलीय स्वार्थकेन्द्रित प्रचारवाजीमा नउत्रिन सबै समक्ष अपील गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही