शनिबार पनि पुनः श्रम स्वीकृति दिईने

२० असार २०७७, शनिबार ११:०४ मा प्रकाशित

काठमाडौँ, २० असार । वैदेशिक रोजगारीमा जाने नेपालीका लागि शनिबार पनि श्रम स्वीकृति दिईने भएको छ । वैदेशिक रोजगारीका लागि विहिबारबाट पुनः श्रम स्वीकृति दिन थालिएपनि शुक्रबार प्राविधिक समस्याका कारण सेवाग्राहीले श्रम स्वीकृति नपाएपछि आज असार २० गते शनिबार पनि पुनः श्रम स्वीकृति दिइने भएको हो ।

शुक्रबार श्रम स्वीकृति दिन नसकिएपछि शनिबार कार्यालय खोलेर पुनः श्रम स्वीकृति दिन लागिएको वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए । शुक्रबार फारम भरेर सेवा लिन नसकेका तथा हवाई टिकट लिएर पनि श्रम स्वीकृति लिन बाँकि रहेकाहरुले आज पुनः श्रम स्वीकृति पाउने छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोग रागथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । समितिको निर्णय लगत्तै फागुन ३० गतेदेखि श्रम स्वीकृति स्थगन भएको थियो ।

असार १५ गतेको मन्त्रिपरिषद् बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाहरुलाई कोरोना परिक्षण गराएर विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।