राष्ट्रपतिले विशेष कदम चाल्नुपर्छ : बिजुक्छे

४ भाद्र २०६९, सोमबार २१:१५ मा प्रकाशित

काठमाडौं, ४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नसक्ने वर्तमान सरकारको कुनै औचित्य नरहेको बताउनुभएको छ । नेपाल क्रान्तिकारी युवा संघले सोमबार बनेपामा गरेको कार्यक्रममा विजुक्छेले संविधानसभाको निर्वाचन पनि गर्न नसक्ने यो सरकारको विकल्पमा राष्ट्रपतिले नयांं कदम चाल्नुपर्ने सुझाव दिनुभयो । संविधानको संरक्षक भएका नताले पनि राष्ट्रपतिले नै मुलुकलाई निकास दिनुपर्ने बिजुक्छेको भनाइ थियो । देशमा अशान्ति बढ्दै गएको विदेशी थिचोमिचो बढेकोले राष्ट्रपति सक्रिय हुनुपर्ने उहाँको जिकीर थियो ।
सत्ताधारी दलहरुले गठन गरेको मोर्चा लोभीपापीहरुको जमघट भएको बताउंदै उहांले वर्तमान सरकारको कुनै नैतिकता नभएकोले राजीनामा दिनुपर्ने बताउनुभयो । एकीकृत माओवादीकै कारण मुलुकमा राजनीतिक गतिरोध बढ्दै गएको बिजुक्छेको ठम्याई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले