खोलाले बगाएर दुईको मृत्यु

४ भाद्र २०६९, सोमबार २०:५३ मा प्रकाशित

काठमाडौं, ४ भदौ । नुवाकोटमा गएराती भएको छुट्टाछुट्टै दुई घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ६ का ३२ बर्षिय होटल व्यवसायी राजकुमार थपलिया र साल्मे गाविस वडा नम्बर ८ का ४५ बर्षिय मेगु लामा रहेका छन् । थपलियाको काठमाडौबाट त्रिशुली आउने क्रममा बेल्कोट गाविस–५ स्थित अमारे खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्यसैगरी मेगु लामाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार गर्न आउने क्रममा साल्मे गाविसको नदिन खोलाको काठे पुलबाट खसेर खोलाले बगाउंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको