सरकारले राष्ट्रको ढुकुटी रित्याउन लागेको नेता महतको दाबी

४ भाद्र २०६९, सोमबार २०:५० मा प्रकाशित

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता डाक्टर रामशण महतले नामै नभएका ६ हजार नक्कली लडाकुको नाममा एकीकृत नेकपा माओवादीले राष्ट्रको ढुकुटीबाट दुर्ई करोडभन्दा बढी घोटाला गरेको आरोप लगाउनुभएको छ । सोमवार रिपोर्टर्स क्लबले आयोजना गरेको राष्ट्रिय सहमतिको निर्माण अभियान नामक एक कार्यक्रममा बोल्दै डा. महतले पदमुक्त प्रधानमन्त्रीले राष्ट्रको सम्पत्ति समाप्त पार्न लाग्दा पनि अख्तियार मौन बसेकोमा आपत्ति जनाउनुभयो । शिवीरमा भएको भ्रष्टाचारका विषयमा सरोकारवाला निकायले छानवीन गर्न नसके कांग्रेसले त्यसको छानवीन गर्ने उहांको भनाई थियो ।
छुट्टै प्रसंगमा बोल्दै नेता महतले कांग्रेसभित्र तीन नेताबीचको झगडा मिल्न नसके नयां शक्तिले पार्टीको नेतृत्व लिनसक्ने बताउंदै राष्ट्रपतिले नयां सरकारको आहृवान गर्ने बितिक्कै कांग्रेसले उमेदवार दिने दाबी समेत गर्नुभयो । संसदविहीन अवस्थाको फाइदा उठाउंदै सरकारले युवा स्वरोजगार कोष लागायतका ठाउंबाट अबौं रुपैयां बराबरको रकम घोटला गरेको प्रमाण आफुसंग भएको जिकीर गर्दै नेता महतले छानविनको माग गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित