राष्ट्रपतिवाट अध्यादेश अस्वीकृत हुनु स्वभाविक : एमाले

४ भाद्र २०६९, सोमबार १९:५९ मा प्रकाशित

काठमाडौं, ४ भदौ । एमालेले निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिवाट अस्वीकृत हुनुलाई स्वभाविक भन्दै राष्ट्रपति डा: रामवरण यादवको बचाउ गरेको छ ।
उसले राष्ट्रपति र सो संस्थाको मर्यादा विरुद्ध दलीय स्वार्थ केन्द्रित प्रचारवाजीमा नउत्रिन अपील गरेको छ । कार्यबाहक अध्यक्ष बामदेव गौतमले आज विज्ञप्तिमार्फत अध्यादेश अस्वीकृत भएको घटनाले सत्तारुढ दलहरुमा छटपटी सुरु भएको टिप्पणी गरेका छन् ।
‘संविधानको कार्यान्वयनमा उत्पन्न गतिरोध अन्त्य गर्नका लागि राजनीतिक दलहरुका वीचमा सहमति अपरिहार्य छ,’ उनले भनेका छन्, ‘वास्तविकतालाई अस्वीकार गर्दै सरकारले एकपक्षीय रुपमा राष्ट्रपतिज्यू समक्ष प्रस्तुत गरेको अध्यादेश अस्वीकृत हुनु नितान्त स्वभाविक हो ।’
निर्वाचन आयोगले ‘अन्तरिम संविधान – २०६३’ लाई संशोधन नगरी निर्वाचन सम्भव छैन भनिसकेको अवस्थामा सरकारले संविधानका प्रावधानहरुलाई मिच्ने गरी अध्यादेश प्रस्तुत गरेको भन्दै एमालेले संविधानको सर्वोच्चता र विधिको शासन विपरितको कार्य गर्न नपाईने बताएको छ ।
गौतमले सरकारको सो कार्यलाई अलोकतान्त्रिक एवं सर्वसत्तावादी कदम भएको भन्दै घोर निन्दा एवं भत्र्सना गरेको जनाएका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी