भाइरबले तोड्यो फेसबुकसँगको सबै सम्बन्ध

१६ असार २०७७, मंगलवार १९:१७ मा प्रकाशित

एजेन्सी, १६ असार । राकुटेन भाइबरले फेसबुकसँगको व्यवसायिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुक कनेक्ट, फेसबुक एसडिके र जिफिलाई हटाउनुको साथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्च रोक्ने निर्णय गरेको हो ।

डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरु र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जसमा राजनैतिक परामर्शदाता फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरुको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण वहिष्कार गरिएको भाइबरले बताएको छ । भाइबरले स्टपहेटफ्रोफिट अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमको व्यवसायिक सम्बन्धहरु तोडेको हो जनाएको छ ।

भाइबरको सिइओ जमेल अगाउवाले भनेका छन्, ‘फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरुमा गोपनीयताको अभाव देखिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ