सुनको कारोवार बढदै

४ भाद्र २०६९, सोमबार १९:५५ मा प्रकाशित

काठमाडौ, ४ भदौ । भदौ महिना शुरु भएसंगै सुनको कारोबार बढेको छ । साउनमा दैनिक १५ किलो मात्र कारोबार भएको सुन भदौ लागेपछि दैनिक २० किलो पुगेको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ । सुन कारोवारको सिजन शुरु भएको संघले जनाएको छ ।
कारोबार बढेसंगै सुनको भाउ बढ्ने क्रमपनि जारी छ । सुन सोमबार तोलामा १ सय रुपैँयाले बढेर ५७ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ उकालो लागेको संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । चाँदीको भने सोमबार पनि तोलाको १ हजार ३५ रुपैँयामा किनबेच भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ