विश्व च्याम्पियनसिपका लागि बास्केटबल टोली ग्रिस जाँदै

४ भाद्र २०६९, सोमबार १९:५२ मा प्रकाशित

काठमाडौं, ४ भदौ । प्रथम थ्री वाइ थ्री पुरुष तथा महिला विश्व बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार एथेन्सको राजधानी ग्रिस प्रस्थान गर्दैछ । समान ४–४ खेलाडी रहेको पुरुष र महिलासहित नेपाली टोली संख्या ९ सदस्यीय रहेको छ ।
पुरुषमा विनोद महर्जन (कप्तान), रविन खत्री, राजिव जोशी तथा सदीश प्रधान रहेका छन् । महिला खेलाडीमा सदिना श्रेष्ठ (कप्तान), लुनिभा सिंह, स्नेहा श्रेष्ठ तथा समिचिन विष्ट छन् । टोलीको नेतृत्व नेपाल बास्केटबल संघका सचिव होमबहादुर दोङले गर्नेछन् ।
दुवै टोली समूह ‘बी’ मा रहेका छन् । पुरुषको समूहमा नेपालसहित चेक गणतन्त्र, स्पेन, सर्विया, लेट्भिया तथा स्लोभेनिया रहेका छन् । महिलाको समूहमा नेपालले हंगेरी, फ्रान्स, स्लोभाकिया, चेक गणतन्त्र तथा आयोजक ग्रिससंग प्रतिस्पर्धा गर्नेछ ।
बास्केटबल संघका अनुसार विश्व च्याम्पियनसिपमा सहभागिताका लागि कूल १ सय ४ राष्ट्रले आवेदन दिएका थिए । त्यसबाट पुरुष र महिलातर्फ समान २४–२४ राष्ट्र छानिएका हुन् । दक्षिण एसियाली क्षेत्रबाट नेपाल बोहक श्रीलंका छनोट हुन सफल भयो ।
नेपालले पुरुष र महिला टिम इभेन्टका साथै समान दुई–दुई पुरुष र महिला खेलाडी सम्मिलित मिक्स इभेन्टमा पनि भाग लिनेछ । मिक्समा विनोद, सदीश, सदिना र समिचिनले खेल्नेछन् । यसमा ८ राष्ट्र सहभागी हुनेछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पालगायतले दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । थ्री वाइ थ्री विश्व च्याम्पियनसिप बास्केटबल अगष्ट २३ देखि २६ सम्म हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।

आजको प्रमुख समाचार