राजनीतिक निकासका लागि राष्ट्रपतिले महत्वपूर्ण भूमिका खेल्नु पर्छ : गौतम

४ भाद्र २०६९, सोमबार १९:४८ मा प्रकाशित

प्यूठान, ४ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक संकट समाधानका लागि तत्काल भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । प्यूठानको बिजुवारमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले राष्ट्र जोगाउने काम राष्ट्रपतिको भएकाले मुलुकको बाधा अड्काउ फुकाउनका लागि संविधान सम्मत कार्य गर्नका लागि तयार रहेर बस्न राष्ट्रपतिलाई सुझाव दिए ।
मुलुकमा संविधान बन्न नदिने र देशलाई वर्वादी गर्नतर्फ अहिलेको सरकार, एकीकृत नेकपा माओवादी र मधेसवादी दल उद्धत रहेकाले यसको निकासका लागि राष्ट्रपति नै अन्तिम बिकल्प रहेको गौतमको धारणा थियो । राष्ट्रपतिको हातबाट सपथ खाएर उनैको बिरोधका लागि सडक संघर्षका गर्छौ भन्ने वर्तमान सरकारको रणनीति र घुर्कि मसानघाटमा नाङ्गो नाच नाचेजस्तै हुने उनले बताए । उनले थपे, ‘‘हामीहरुले जनतालाई जागृत गराइसकेको छौं, त्यस्तो सपना नदेख्नुस, अब जनताले सडकको धुलो चटाउँनेछन् ।’ द्वन्द्वको नाममा देशलाई बर्वादीमा लगेको माओवादीले अबका २५ वर्षसम्म राज गर्छौ भन्ने योजना महादेवले सतीलाई काँध हालेर हिँडेजस्तै हुने र त्यो आफै कुहिएर जाने गौतमको भनाई थियो ।
प्रधानमन्त्री डा. वावुराम भट्टराइले पदमुक्त भएर पनि पदको दुरुपयोग गरेर अध्यादेशमार्फत मुलुक चलाउन अघि बढेकाले त्यो दुर्भाग्य रहेको गौतमले भनाई थियो । ढलेको सरकारले असंवैधानिक रुपमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोजेको भन्दै उहाँले मुलुकको निकासका लागि राजनितिक दलबिच प्रक्रियामा सहमति हुने तर बिचार र सिद्धान्तमा सहमति गर्न नसकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको