किसानलाई ट्रयाक्टर र औजार वितरण

१६ असार २०७७, मंगलवार ०८:५६ मा प्रकाशित

दैलेख, १६ असार: नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्रयाक्टर तथा हिलो बनाउने र धान रोप्ने यन्त्र स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख रत्नबहादुर खड्काले कोरोना संक्रमणको जोखिम सँगै अब स्थानीयस्तरमै रोजगारी प्रवद्र्धनका लागि कृषिलाई नै प्राथमिकता दिएर आगामी बजेट तय गरिने बताउनुभयो । यस वर्ष समयमै पानी परेका कारण रोपाइँ गर्न धेरै सहज भएको र पानीका मुहान समयमै फुटेको कृषि विकास कार्यालयले जनाएको छ । दैलेख जिल्लाभर ६ हजार ५१७ हेक्टरमा धान खेती गरिँदै आए पनि सोमबारसम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ