झापामा पाँच प्रतिशत मात्र रोपाइँ

१५ असार २०७७, सोमबार १८:२५ मा प्रकाशित

भद्रपुर, १५ असार: धान खेतीका लागि उर्बर भूमि मानिने झापामा असार १५ सम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमै बर्षात् सुरु भएपनि किसानले ढिलो बिउ राखेका कारण हालसम्ममा पाँच प्रतिशत मात्र रोपाइँ भएको हो ।

केन्द्र्रका प्रमुख निलकमल सिंहले भन्नुभयो, ‘‘किसानले ढिलो बिउ राखेको कारण रोपाइँमा ढिलो भयो ।’’ असार १५ देखि साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिने उहाँ बताउनुहुन्छ । झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये चार हजार ३७५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको छ । प्रमुख सिंहले झापामा ८० प्रतिशत खेती आकासेपानीको भरमा हुने बताउनुभयो । झापामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् । धान दिवसको अवसरमा आज कनकाई नगरपालिकास्थित कृषि सहकारीको जमिनमा सामूहिक रोपाइँ गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति