एपेकसम्बन्धी चिनियां टोलीसंग प्रचण्डको भेटवार्ता

४ भाद्र २०६९, सोमबार १८:५४ मा प्रकाशित

काठमाडौं, ४ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र लुम्बिनीको विकासका लागि गठन भएको संस्था एपेकका उपाध्यक्षसहितको टोलीसंग भेटवार्ता भएको छ । पार्टी कार्यालय पेरिसडांडामा भएको भेटमा लुम्बिनीको विकासका विषयमा कुराकानी भएको नेता कृष्णवहादुर महराले जानकारी गराउनुभयो । लुम्बिनीको विकासमा अन्तराष्ट्रिय स्तरबाट कसरी सहयोग जुटिरहेको छ भन्ने जिज्ञासा उनीहरुले अध्यक्ष दाहालसमक्ष राखेका थिए । त्यसैगरि अध्यक्ष दाहालले लुम्बिनी विकासका लागि केही कामहरु ऋगाडि बढ्नुको साथै युएनका महासचिव वान कि मुनमार्फत समेत विकासमा सहयोग प्राप्त भइरहेको जानकारी गराएको नेता महराले भेटवार्तापछि संचारकर्मीहरुलाई जानकारी दिनुभयो । अर्को एक प्रसगंमा नेता महराले राजनीतिको विषयमा केही पनि छलफल नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत