कुंदेरै नेपाल–यात्रा

४ भाद्र २०६९, सोमबार १८:३० मा प्रकाशित

काठमाडौ, ४ भदौ । जुम्ला बाइराका ३ घर भएका २२ वार्षिय कुलबहादुर शाहीले कुदेरै १४ अन्चल ७५ जिल्लाको भ्रमण गरेका छन् । लामो समयदेखिको अशान्तिबाट आक्रान्त भएका शाहीले मुलुकमा दीगो शान्ति कायम होस, कसैले पनि अब द्वन्द्वको पिडा झेल्न नपरोस् भन्ने कामनाका साथ सो दौड यात्रा गरेका हुन् । उनले साउन २१ गते काठमाडौ आएर आफ्नो जुम्लाबाट सुरु गरेको यात्रा २ सय १८ दिनमा पुरा गरेका हुन् ।
उनले भने– जाजरकोटका सिडिओ गोविन्द रिजाल, ताप्लेजुङको किरण थापा, पत्रकार महासंघ ताप्लेजुङ, ओखलढुङगा जिविसले बाहेक मलाई कसैले पनि यात्रामा सहयोग गरेनन । यात्रामा भएको कठिनाई र असहयोगका बाबजुद यात्रा पुरा गरेका शाहिले देशमा जारी द्वन्द्व हिंसा र संकटप्रति दुखब्यक्त गर्दै गौतमबुद्धको जन्मस्थानमा हिंसाको अन्त्य सधैको लागि गर्नुपर्ने बताए ।
यात्रा पुरा गरेर काठमाडौ आइपुगेका शाहीलाई अहिले घर फर्कने, गेष्टहाउसको पैसा तिर्ने र खाएको पैसा तिर्ने समस्याले छोएको छ । अहिले दिपक खड्काले उनलाई गौसालमा बस्न सामान्य सहयोग गरिरहे पनि उनको आर्थिक संकट दिन प्रतिदिन गहिरिंदो छ । उनले पत्रकार सम्मेलनमा आफूलाई सहयोग गरेर उद्दार गर्न आब्हान पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको