अमेरिका नेपाल महिला संघले मेविश्व महिला दिवस” मनाए

२ चैत्र २०६८, बिहीबार ०९:१८ मा प्रकाशित

अमेरिकाको वासिंङटन डीसीमा रहेका नेपाली महिलाहरुको संगठन अमेरिका नेपाल महिला संघले मे १० तारिखका दिन ”विश्व महिला दिवस” मनाएको छ ।

प्रत्येक ८ मार्चका दिन मनाइने विश्व महिला दिवसको अवसर पारेर भर्जिनियाको आर्लिङटन पुस्तकालयमा मनाइएको उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा (पीएचडी), प्रोफसर सूर्य सुवेदी (पीएचडी) र साउथ एसिएन अर्गनाइजेशन वासिंङटन डीसीका तर्फबाट प्रिया मुर्थीले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा (पीएचडी)ले आफूलाई कार्यक्रम आयोजक संस्थाले निम्तो गर्नुभएकोमा धन्यवाद दिंदै नेपालमा महिलाहरुको हकहितका लागि काम गर्ने धेरै संघसंस्थाहरु रहेको र नेपालमा महिला समानताका लागि कानुन भएपनि कानुनहरु व्यवहारमा लागू हुन नसकेको स्वीकार्दै यो महिलाविरुद्दका हिंसा रोक्नलाई सिंहदरवारमात्र सक्षम नहुने र यसका लागि सामाजिक जागरणको खाँचो रहेको उल्लेख गर्नुभो ।

नेपालमा महिला तथा बालबालिकाहरुको स्थिति अहिलेसम्म आइपुग्दा धेरै माथि उठिसकेको तथ्यांक समेत राजदूत शर्माले प्रस्तुत गर्नुभएकोथियो । आफू विगतमा राष्ट्रियो योजना आयोगको उपाध्यक्ष हुँदादेखि नै महिला तथा केटाकेटीहरुका लागि नेपाल सरकारले छात्रवृत्ति लगायतका कार्यक्रम राखेको बताउँदै नेपाल सरकार महिला शसक्तिकरण र गरीवीका लागि निरन्तर काम गरिरहेको जानकारी गराउनुभयो ।

त्यसैगरी कार्क्रमका इन्टरनेशनल ल एट दी युनिभर्सिटी अफ लिड्स, युकेका प्रोफेसर  तथा हाल भिजिटिङ प्रोफेसरका रुपमा  अमेरिकन युनिभर्सिटी वासिंङटन डीसीमा प्राध्यापन गराउँदै आउनुभएका सूर्य सुवेदी (पीएचडी)ले आफूले संयुक्त राष्ट्रसंघ अन्तर्गत  कम्बोडियाका लागि स्पेशल रयापोटर भएर काम गर्दाको अनुभव बताउँदै द्धन्द्धको प्रभाव जहिले पनि महिला तथा बालबालिकामा पर्ने भएकाले नेपालमा पनि महिला तथा बालबालिकाका लागि विशेष केही कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

विदेशमा रहेका आप्रवासी नेपालीहरु नेपालप्रति चिन्तित हुँदा हुँदै पनि हामीहरुले नेपालका निम्ति अहिलेसम्म काम गर्न नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्दै यस्ता संघसंस्थाहामी सबै मिलेर नेपालका लागि काम गर्न आग्रह गर्नुभयो ।

साउथ एसियन अर्गनाइजेशनकातर्फबाट प्रिया मुर्थीले दक्षिण एसिएका मानिसहरुमा पर्ने गरेको अमेरिकाको इम्रि्रेशन समस्या र महिला बालबालिकाका निम्ति आफ्नो संस्थाले काम गरिरहेको जानकारी गराउँदै न्युयोर्कदेखि अमेरिकाका विभिन्न भागमा रहेका दक्षिण एसिएयाली देशका लागि काम गर्दै आएको जानकारी दिनुभयो । अमेरिकामा नेपालीहरुको आधिकारिक जनसंख्या ५९ हजार रहेको तथ्यांक प्रस्तुत गर्दै न्युयोर्कमा ’अधिकार’ नामको संस्थाले घरेलु हिंसामा परेकाका निम्ति काम गरेको उल्लेख गर्नुभयो । आफूहरुको संस्था पनि यस्ता संस्थाहरुसँग मिलेर आगामी दिनहरुमा काम गर्ने बताउनुभयो ।

कार्यक्रमको संचालन महिला संघी पूर्व अध्यक्ष माधवी कार्की बस्नेतले गर्नुभएको थियो कार्कीले नेपालले महिला अधिकारका लागि संयुक्त राष्ट्रसंघका अभिसन्धीमा हस्ताक्षर गरिसकेको भए पनि आज पनि महिलाहरुको नेपालको अवस्था दर्दनाक भएको बताउँदै बोक्सीको आरोपमा जिउँदै जलाउननेदेखि सुरक्षाको जिम्मेवारी लिएका व्यक्तिबाटै हिंसा हुनु हाम्रो लागि दूर्भाग्य रहेको बताउनुभएको थियो । कार्यक्रममा आगन्तुकहरुको स्वागत संघकी सभापति विष्णु थापाले गर्नुभएको थियो ।

कार्क्रममा वक्ताहरुलाई सहभागीहरुले आ-आफ्ना प्रश्नसमेत राखेका थिए ।

कार्यक्रममा सहभागी हुन आउनुहुने सबैलाई धन्यवाद दिंदै सुनिता सिवाकोटीले संस्थाले डीसी मेट्रो क्षेत्रका नेपाली महिलाहरुका लागि विगत ६ वर्षदेखि निशुल्क स्वास्थ्य सेवा दिइरहेको बताउँदै आफूहरु कोठे संस्था भएकाले हामीले नेपालका लागि भन्दा पनि अमेरिकामै भएका नेपाली समाजका बढ्दै गरेका घरेलु हिंसाका विरुद्दमा काम गर्नुपरिहेको जानकारी गराउँदै अमेरिकामा आएर पनि नेपालीहरुको मानसिकता नेपालकै रहन्छ भने त्यस्ता घरेलु हिंसामा लाग्नेहरुलाई नेपाल फर्कने सल्लाहा दिनुभयो ।

कार्यक्रममा स्थानीय नेपाली संघ-संस्था पदाधिकारीहरु लगायतका नेपाली महिला तथा पुरुषहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद