अनसनमा बसेका मिर्गौला रोगिहरुको स्वास्थ्य अवस्था झन गम्भिर

४ भाद्र २०६९, सोमबार १९:२७ मा प्रकाशित

काठमाडौं, ४ भदौं । आर्थिक अभावका कारण उपचार गराउन नसक्दा धेरैले ज्यान गुमाउन बाध्य हुनुपरेको भन्दै निशुल्क उपचरको माग गर्दै दश दिनदेखि रिले अनसनमा बसेका मिर्गौला रोगिको स्वास्थ्य अवस्था झन विग्रदै गएएको छ ।
नेपाल किड्नी समाजको नेतृत्वमा मिर्गौला रोगीहरुले २५ साउनदेखि अनिश्चितकालीन रिले अनसन शुरु गरेका हुन् । काठमाडौको शान्तिवाटिकामा अनसनमा बसेका मिर्गौला रोगिहरुले माग पूरा नभएसम्म अनशन चलिरहने बताएका छन् ।
दश दिनदेखि रिले अनसनमा बसेक अधिकांस रोगिहरुमा शरीर सुन्निने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप तल–माथि हुने, वाकवाक लाग्ने, रिङगटा लाग्ने र बेहोस हुने जस्ता समस्या देखिएको छ । ‘उसै त रोगि झन् अनसनका कारण थप अन्य समस्याले सताउन थालेको छ’ मिर्गौला रोगि पत्रकार रमेश चालिसेले भने । उनका अनुसार दुवै मृगौलाले काम नगरेपछि डायोलोसिस गराइरहेका बिरामीहरु दिनभर भोकभोकै बसेपछि स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको हो ।
सरकारले मिर्गौला रोगीहरुको निशुल्क उपचार र हेमोडायलासिसमा लाग्ने सम्पुर्ण खर्च निशुल्क गराउनु पर्ने, उपचारकोलागि एकमुष्ट आर्थिक सहयोग गर्नु पर्ने, स्वेच्छाले अंगदान गर्न पाउनु पर्ने, ब्रेन डेथ भएकाहरुको मृगौला निकाली प्रत्यरोप गर्ने ब्यवस्था गरिनु पर्ने, प्रत्येक जिल्लामा कम्तिमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नु पर्ने, डायलायसिस सेवा २४ घण्टा नै सन्चालन गर्नु पर्ने, बन्द हडतालको बेलामा मिर्गौला रोगीलाई अस्पताल लान लैजान छुट्टै सवारी साधनको ब्यवस्था गरिनु पर्ने लगायतका माग सहित उनिहरु अनसनमा बसेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार