‘शिक्षालाई व्यापार बनाउनबाट रोक’

४ भाद्र २०६९, सोमबार १७:२३ मा प्रकाशित

काठमाडौ ४ भदौं । निजी क्षेत्रका विद्यालयहरुले शिक्षालाई सेवाभन्दा व्यापार बनाएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समयमा निजी विद्यालयमा कालोे धनलाई सेतो बनाउने खालका लगानी पनि भित्रिएको पाइएको छ । उच्चमावि शिक्षा परिषद्का सहसचिव नारायणप्रसाद कोइरालाको संयोजकत्वमा गठित कार्यदलको अध्ययनका क्रममा त्यस्तो पाइएको कार्यदलका सदस्यहरुले बताएका छन् ।
शिक्षा पत्रकार समूहद्धारा ‘उच्चमाविको अनुगमनको प्रगति’ विषयमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा परिषद्को अनुगमन समितिका सदस्य समेत रहेका उच्चमाध्यामिक विद्यालय सङ्घका उपाध्यक्ष नहुने भएको बताए । अन्य वक्ताहरुले पनि शिक्षा क्षेत्रमा हचुवाका भरमा व्यापारिक क्षेत्रको आइरहेकाले व्यापारिकरण बढेको दाबी गरेका छन् ।
शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले विगत उच्चमाविहरु २३ वर्षदेखि सङ्क्रमणकालीन अवस्थामै सञ्चालन भएकाले विकृति बढेको बताए । उनले  विभागले विद्यालयमा लगानी, शुल्क, नामकरण, स्थानान्तरण, विज्ञापन विद्यालय प्रणालीको समग्र मापदण्डसम्बन्धी नीति बनाउन एक कार्यदल गठन भई कार्य भइरहेको जानकारी गराए ।
उच्चमावि शिक्षा परिषद्का अनुगमन शाखा प्रमुख डम्बरकुमार बतासले परिषद्को अनुगमन समितिको प्रतिवेदन चाँडै आउने जानकारी दिँदै त्यसलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले अनुृगमन समितिको प्रतिवेदन कार्यान्वयन नभए आफूहरुले थप दबाब दिने गर्ने गरे । अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य रत्न ढकालले शिक्षामा निजीकरणको अन्त्यका लागि विद्यार्थीहरुले आन्दोलन गरिरहेको बताए । प्रध्यापक संघका महासचिव रामेश्वर उपाध्यायले परिषद्को विद्यालय सम्बन्धनका क्रममा विकृति पाइएकाले त्यसमा पनि छानविन भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज