हामी पनि सक्षम छौ निकास दिन : डा. महत

४ भाद्र २०६९, सोमबार १७:१७ मा प्रकाशित

काठमाडौ, ४ भदौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले पार्टीभित्र देखिएको विवाद र सरकारको नेतृत्व लगायतका विषयमा शिर्ष नेताहरु पार्टी सभापति सुशिल कोइराल, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सहमति गरेर निकास दिन नसके आफूहरुले निकास दिने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा डा महतले पार्टीभित्र नेताहरुवीच देखिएको टकराव सैद्धान्तिक नभई ब्यक्तिगत स्वार्थ भएकोले यसको समाधान जटिल नभएको दावी गरे । उनले नेपाली काग्रेस तीन शिर्ष नेताको भरमा नभई कार्यकर्ताको भरमा चलेको भन्दै अहिलेसम्म तीनै कार्यकर्ताको कारण पार्टी बचेको बताए ।
उनले पार्टीका तीन शीर्ष नेताहरुवीचको द्धन्द्धले बैठक तीन तिर हुने गरेको प्रति असन्तुष्ठि प्रकट गर्दै भने–अब तीन जना नेताहरुको घरमा पार्टीको दरवार लाग्दैन । उहाँहरुले मिलेर निकास दिन नसके हामि निकास दिन्छौ ।
बरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशिल कोइरालाप्रति आक्षेप लगाएको प्रति संकेत गर्दे डा महतले भने–जसको जस्तो स्तर हुन्छ त्यसले सोही अनुसार ब्यवहार गर्छ । शेरबहादुर देउवाको स्तर जे हो त्यसै अनुसार उनले बोलेका हुन । मेरो स्तर त्यो होईन । म पार्टीभित्रको कसैलाई सार्वजनिक रुपमा गालि गर्दिन ।
सत्ता कब्जा गर्ने दिर्घकालिन रणनीति अनुसार माओवादीले संविधानसभा विघठन गरेको दावी गर्दै डा महतले राष्ट्रपतिले यस्तो अवस्थामा चुप लागेर बस्न नहुने स्पष्ट पारे । उनले भने–लोकतन्त्र र संविधानलाई सक्रिय बनाउन राष्ट्रपतिले कदम चाल्नै पर्छ । मौन भएर बस्न मिल्दैन । त्यसकोलागी राष्ट्रपतिले तत्कालै सहमतिको सरकार गठनकोलागी दलहरुलाई आब्हान गर्नु पर्छ । ढिला भईसक्यो ।
उनले राष्ट्रपतिले आब्हान गर्ना साथ काग्रेसले प्रधानमन्त्रीको उमेदवार घोषणा गर्ने स्पष्ट पारे । संविधान संसोधन नभई निर्वाचन हुन नसक्ने अवस्था हुँदा हुँदै सरकारले ल्याएको अध्यादेश फिर्ता गर्नु राष्ट्रपतिको सकारात्मक कदम भएको धारणा राख्दै उनले भने–संविधानको ब्यवस्था विपरित संविधान संसोधन हुँदैन । राष्ट्रपतिले जे गर्नु भयो ठिक गर्नु भयो । सरकारले अहिलेसम्म संविधानसंसोधनको प्रयास किन नगरेको ? किनकी उ अन्यौलतामा सत्ता कब्जा गर्न चाहन्छ ।
प्रचण्डको शत्रुको क्याम्पमा बसेर विभाजन गर्ने पुरानो रणनीति भएको स्मरण गर्दै उनले अहिले सोही रणनीति अन्तर्गत सभापति सुशिल कोइरालाप्रति लक्षित आक्रमण सुरु गरेको दावी गरे । डा महतले भने–पहिला गिरिजाबाबुलाई सत्रु बनाएर देउवाजीलाई हिलोमा फुलेको कमल भन्नु हुन्थ्यो । पछि शेरबहादुरलाई गाली गर्दै गिरिजाबाबुको पुच्छर समातेर बैतर्डि तर्नुभयो । प्रचण्ड स्वार्थ पुरा हुने सँग नजिक र पुरा नभए टाढा हुनु हुन्छ । त्यो उहाँको चरित्र हो ।
उनले थपे–नेपालमा भारतविरुद्ध राष्ट्रियताकोलागी सुरुङ यूद्ध थाल्दै हुनु हुन्थ्यो । उहाँ भारतमा राष्ट्रपति कार्यालय र रअको कार्यालयमा गएर सहयोगको विन्ती पत्र हाल्दै हुनु हुन्थ्यो । उहाँको चरित्रको हजार जिब्रो भएको शेष नागले बयान गर्न सक्दैन भने मैले कसरी सक्ने ? डा महतले माओवादीले सत्ताकब्जाको दिर्घकालिन रणनीति अनुसार संविधानसभा विघठन गराएर अहिले मुलुकमा ब्रम्हलुट मच्चाएको दावी गर्दै भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारिताले सिमा नाघेको आरोप लगाए ।
साक्षात्कारमा उनले लेखा समितिले बाणिज्य बैंक मार्फत यूवा स्वरोजकार कोषको १ अर्ब रुपैया परिचालन गर्नु भनि दिएको निर्देशनलाई वेवास्ता गर्दै सहकारी मार्फत दिनेगरी कार्यकर्तालाई पोस्न कोष परिचालन गरिएको दावी गरे । त्यसैगरी स्वरोजगार कोषबाट कसलाई कति रकम दिने भन्ने विषयको निर्धारण गर्न राजनीतिक नियूक्तीको आधारमा मुख्य अधिकृत राखेको उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री