एमाओवादी थप संकट निम्त्याउँदै छ : बादल

४ भाद्र २०६९, सोमबार १७:०७ मा प्रकाशित

नेकपा–माओवादीका महासचिव रामवहादुर थापा बादलले एकीकृत नेकपा माओवादीको नेतृत्वमा बनेको मोर्चाले संकट थप गहिर्‍याउने दाबी गरेमन टज् । चितवनको रत्ननगरमा सोमबार कार्यकर्ता भेलालाई संबोधन गर्दै बादलले मोर्चा सत्ता टिकाई राख्ने खेल मात्रै भएको टिप्पणी गरे । महासचिव बादलले देशभक्त र राष्ट्रवादीहरुको मोर्चा गठन गरेर वर्तमान सरकारलाई अपदस्त गर्नपर्ने महासचिव बादलको भनाई थियो । बादलले सर्वपक्षीय गोलमेच सम्मेलनबाट निर्माण हुने सहमतिको संयुक्त सरकारले गठन गरेको आयोगले विवादित विषयमा सहमति जुटाएर संविधान जारी गर्न सकिने बताए ।
उनले एक अर्को प्रसंगमा एमाओवादीले आफूहरुसँग अलग भएको चाबी दिल्लीमा लगेर बुझाएको आरोप समेत लगाए । उनले भने । प्रचण्डहरु घर छाडेर गएका र आफूहरु घरमै भएकाले दिल्लीमा बुझाएको चाबी फिर्ता ल्याउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले