कुदेरै १४ अन्चल, ७५ जिल्लाको यात्रा

४ भाद्र २०६९, सोमबार १७:०० मा प्रकाशित

काठमाडौ, ४ भदौ । जुम्ला बाइराका ३ घर भएका २२ वार्षिय कुलबहादुर शाहीले कुदेरै १४ अन्चल, ७५ जिल्लाको भ्रमण गरेका छन् । लामो समयदेखिको अशान्तिबाट आक्रान्त भएका शाहीले मुलुकमा दिगो शान्ति कायम होस, कसैले पनि अब द्धन्द्धको पिडा झेल्न नपरोस भन्ने कामनाका साथ सो दौड यात्रा गरेका हुन । उनले साउन २१ गते काठमाडौ आएर आफ्नो जुम्लाबाट सुरु गरेको यात्रा २ सय १८ दिनमा पुरा गरेका हुन । आज राजधानीमा पत्रकार सम्मेलन गरी शाहीले आफूले मुलुकमा दिगो शान्तिको कामना गरेर कठिन दौड पुरा गरेको भए पनि आफूलाई आशातित रुपमा कसैले सहयोग नगरेको गुनासो गरे ।
उनले भने–जाजरकोटका सिडिओ गोविन्द रिजाल, ताप्लेजुङको किरण थापा, पत्रकार महासंघ ताप्लेजुङ, ओखलढुङगा जिविसले बाहेक मलाई कसैले पनि यात्रामा सहयोग गरेनन । यात्रामा भएको कठिनाई र असहयोगका बाबजुद यात्रा पुरा गरेका शाहिले देशमा जारी द्धन्द्ध, हिंसा र संकट प्रति दुखब्यक्त गर्दै गौतमबुद्धको जन्म स्थानमा हिंसाको अन्त्य सधैकोलागी गर्नुपर्ने बताए ।
यात्रा पुरा गरेर काठमाडौ आई पुगेका शाहीलाई अहिले घर फर्कने , बसेको गेष्टहाउसको पैसा तिर्ने र खाएको पैसा तिर्ने समस्या ले छोएको छ । अहिले दिपक खड्काले उनलाई गौसालमा बस्न सामान्य सहयोग गरिरहे पनि उनको आर्थिक संकट दिन प्रतिदिन गहिरिदो छ । उनले पत्रकार सम्मेलनमा आफूलाई सहयोग गरेर उद्दार गर्न आब्हान पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा

काठमाडौं । १-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।

आजको प्रमुख समाचार