‘परिवर्तित नेपाली समाज र संबन्ध’, सौहार्दपूर्ण सुरुवात किन हुदैछ संबन्ध विच्छेदमा अन्त्य?

मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाहलाई एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धनका रुपमा मानिन्छ।बिवाहको माध्यमबाट कायम रहेको पति पत्निको सम्बन्धको अन्त्य सम्बन्ध विच्छेदबाट हुन्छ । मुलुकी देवानी संहिता ऐनले सम्बन्ध विच्छेदका केहि आधारहरु तोकिएको पाईन्छ।
१० असार २०७७, बुधबार २३:०५ मा प्रकाशित

मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाहलाई एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धनका रुपमा मानिन्छ। बिवाहको माध्यमबाट कायम रहेको पति पत्निको सम्बन्धको अन्त्य सम्बन्ध विच्छेदबाट हुन्छ । मुलुकी देवानी संहिता ऐनले सम्बन्ध विच्छेदका केहि आधारहरु तोकिएको पाईन्छ।आपसी मन्जुरीबाट जहिले सुकै बेला पनि विच्छेद गर्न सकिन्छ भने पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थाको विवेचना गर्दै पति र पत्नी कानून बमोजिम नै अलग बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई ३ वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा पतिले सम्बन्ध विच्छेदको लागि कारवाई चलाउन पाउँने कानुनी आधारमा सम्बनज्ध बिच्छेदको लागि प्रक्रिया अघि बढाउन सकिन्छ ।त्यस्तै पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरेमा पनि लोग्नेले सम्बन्ध विच्छेद गर्न सक्छ । पत्नीले पतिलाई खान लाउन नदिने वा घरबाट निकाला गर्न सक्दछ भन्ने अवधारणा नै थिएन । पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपन्च गरेमा पनि पतिले सम्बन्ध विच्छेद गर्न पाउँछ । यो पुरानै व्यवस्थाको निरन्तरता हो । यो बाहेक पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पनि सम्बन्ध विच्छेद हुन सक्छ । यो पनि पुरानै व्यवस्थाको निरन्तरता हो ।

यीनै आधारहरुमा सँगै जिउनेमर्ने कसम खाएर जोडिएको साइनो श्रीमान श्रीमतिबीच आपसमा समझदारी हुन नसक्दा क्षणभरमै त्यस्तो साइनो टुट्न पुग्छ।एउटै रथका दुई पांग्रा भनिएका पति-पत्नीबीच विमेल भएपछि सम्बन्ध बिच्छेद गर्नेको संख्या वर्षेनी बढ्दै गएको पाईएको छ। देवानी संहिता ऐन २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयन भएको पन्ध्र महिनामा औसतमा एउटा जिल्ला अदालतको मुद्धा दर्ताको अभिलेख हेर्ने हो भने साढे दुई सय जनाले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गरेको पाइएको छ। औसत हर एक जिल्ला अदालतको अभिलेख हेर्ने हो भने २०७५ कात्तिक महिनासम्म २ सय जना महिलाले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेको र १ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दाल फछ्यौँट भई सबै मिलापत्र भएको पाइएको छ भने ४५ वटा मुद्दा फैसला भएको पाईएको छ।

विगतमा महिलाले सम्बन्ध विच्छेद गर्दै आएपनि नयाँ कानुन लागुभएसँगै सम्बन्ध विच्छेद गर्नेमा पुरुषको संख्या पनि बढ्दै गएको देखिन्छ। नयाँ कानुन लागु भएको एक वर्षमा औसतमा हरेक जिल्ला अदालतमा १ सय ९८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा महिलाले सम्बन्ध बिच्छेद गरिपाउँ भनी १ सय ४७ देखियो भने पुरुषले सम्बन्ध बिच्छेद गरिपाउँ भनी ५१ वटा मुद्दाा दर्ता भएको पाईयो ।

विवाह गरेर एक/दुई महिना बिताएकादेखि ५/६ दशक कटाएका समेत सम्बन्ध विच्छेद गर्ने भन्दै न्यायालयको ढोकामा पुग्ने गरेको पाईएको छ।पछिल्ला दिनमा महिला आफै सम्बन्ध विच्छेदमा अग्रसर भएको देखिन्छ । विद्यमान कानुनी व्यवस्था अनुसार महिलाले चाहने बित्तिकै सम्बन्ध विच्छेद हुने भएकाले पनि उनीहरू अग्रसर भएका हुन् ।पछिल्लो समय महिलामा सचेतना बढेकाले सम्बन्ध विच्छेद बढेको बताउँछन् । कतिपयले भने आधुनिकता वा पश्चिमा संस्कृतिको नक्कल समेत भनेर टिप्पणी गर्ने गरेको पनि भेटिने गरेको छ।

एकातिर पुरुष वैदेशिक रोजगारबाट फर्किदा श्रीमती र पसिना बगाएर कमाएको सम्पत्ति दुवै गुमाएर प्रहरीमा पुग्नेको संख्या बढ्दो छ भने सँगै बाच्ने कसम खाएर जोडिएको सम्बन्ध पति विदेश गएपछि एकाएक भत्कने गरेको पनि नभेटिने होईन। जिल्ला अदालतहरुमा परेका उजुरी अनुसार पत्नीको परपुरुषसँगको सम्बन्ध मात्र नभई पतिले कमाएको सम्पत्ती समेत लिएर हिँडिदिनाले दर्जनौं जोडीको सम्बन्ध टुट्ने गरेको पाइएको छ।त्यति मात्र होईन।

कलिलै उमेरमा विवाह गर्ने र केही समयमा नै सम्बन्ध विच्छेद गर्नेहरु पनि उत्तिकै रहेको अदालतहरुबाट प्राप्त तथ्याङ्कले देखाउँछ । अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेमध्ये कतिपय कलिला उमेरका रहेको पनि अभिलेखबाट देखिन्छ ।कलिलै उमेरमा विवाह गर्नु, फरक-फरक जातमा विवाह गर्न, उमेरको भिन्नता, हाडनाता, श्रीमान वैदेशिक रोजगारमा जाने, बहुविवाहलगायत सम्बन्ध विच्छेदका कारण रहेको देखीएको छ।

सामाजिक संजालको बढ्दो प्रयोग र त्यसको दुरुपयोग, बैदेशिक रोजगारबाट सृजित समस्याले सम्बध विच्छेद बढ्ने गरेको नागरिक समाज लमजुङका अध्यक्ष दिपक बराल बताउँछन् । ‘श्रीमान विदेश जानासाथ श्रीमती सहर झर्ने चलन छ,’ बराल भन्छन, ‘श्रीमान विदेशबाट फर्कदा श्रीमती अर्कैसँग पुगेका हुन्छन, कि त लसपसका घटनाले सम्बन्ध विच्छेदसम्म नै पुर्याभउँछ।’

त्यति मात्र नभई सानो घरायसी झैंझगडाका कारण पनि सिधै सम्बन्ध विच्छेद जस्तो गम्भीर निर्णय गर्ने प्रवृतिका कारण पनि सम्बन्ध बिच्छेद बढ्दो देखिन्छ।बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवन शैलीको नक्क ल, देखासिकी, सामाजिक संजालको दुरुपयोग जस्ता कारणहरुले पनि सम्बन्ध बिच्छेदका दुर्घटनाहरुको अभिबृद्धीमा टेवा पुर्याएको देखिन्छ।


(लेखक बिनिता गुरुङ कानुन व्यावसायी, मानवाधिकारकर्मी एवं यस समाचार सेवाको निर्देशक एवं सम्पादक हुनुहुन्छ)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो

चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर