अनलाइनमार्फत ठगी गर्ने ७ जना पक्राउ

१० असार २०७७, बुधबार २०:४७ मा प्रकाशित

काठमाडौँ, १० असार । अनलाइनमार्फत चिठ्ठा परेको म्यासेज पठाएर लाखौ रुपैयाँ ठगी गर्ने एउटा गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ । भाइबर, वाट्सएप, इमो लगायत संजालको दूरुपयोग गरी ४० लाख रुपैयाँ ठगी गर्ने ७ जनालाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा भद्रपुर घर भई हाल काठमाडौंको कोहिटी बस्ने २४ वर्षीय पुकार बर्मा, काभ्रे सिम्थली घर भई हाल काठमाडौंको टेकु बस्ने २२ वर्षीय नविन भण्डारी र रौतहटको गौर घर भई छाउनी बस्दै आएका १९ वर्षीय आकाश अग्रवाल छन् । काठमाडौं बस्दै आएका भारत विहारका २२ वर्षीय एमडी सर्फराज, रौतहट गौरका १८ वर्षीय एस अग्रवाल, पर्साका ३० वर्षीय कृष्ण प्रसाद साह र विरगंजका २० वर्षीय सुनिल साहलाई पनि प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि छानबिन भईरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल