अहिलेकै अवस्थामा सरकार छाडिदैन : श्रेष्ठ

४ भाद्र २०६९, सोमबार १६:५९ मा प्रकाशित

सिरहा, ४ भदौ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले संविधान निर्माणका विषयमा दलहरु बीच सहमति नबने सम्म सरकार नछाड्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले आज सिरहाको लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिका लागि सरकार बाधक नरहेका दाबी गरे । ‘राष्ट्रिय सहमतिको सरकारका विषयमा हामी छलफल गर्न तयार छौं,’ उनले भने, ‘सरकार छोड्ने कुरा हाम्रा लागि ठूलो कुरा होइन् ।’
यद्यपी उनले राष्ट्रिय सहमति नभएसम्म सरकार नछोड्ने पनि बताएका छन् । यथास्थितिमा सरकार छाड्दा मुलुक झन् समस्यामा पर्ने उनको भनाई थियो । उनले राष्ट्रपतिले सरकारसँग कुनै छलफलै नगरी दुई वटा अध्यायदेश फिर्ता पठाएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘त्यस विषयमा सरकारसँग छलफल गर्नुपर्ने थियो ।’
उनले मुलुकमा संविधानसभाको विघटनपछि सरकार र राष्ट्रपति दुई वटा मात्रै संस्था रहेकाले दुबै संस्थाबीच टकरावको स्थिति सृजना हुन नदिन आफूहरु सचेत रहेको बताए ।
यसैवीच, स्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका श्रेष्ठले गाविस सचिवहरु तत्काल काममा नफर्किए कार्वाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘जनताको सेवा गर्ने कुनै कर्मचारीहरु कार्यालय नगए सरकारले छाडदैन् ।’
गाविस सचिवहरुले विभिन्न माग राखेर आन्दोलन गर्ने जनाई रहेका समयमा मन्त्री श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार