खड्का अदातल पुगे

६ भाद्र २०६९, बुधबार १२:५४ मा प्रकाशित

काठमाडौ, ६ भदौ । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट सजाए पाएका पूर्व मन्त्री खुमबहादुर खड्का फैसला कार्यन्वयन गराउन काठमाडौं जिल्ला अदालत पुगेका छन् । आफ्ना कानून व्यवसायीका साथ खड्का अदालत पुगेको उनका सहयोगीहरुले जनाएका छन् ।
फैसला कार्यान्वयन गराउन अदालत जाने भएपछि समर्थकहरु सानेपास्थित निवास र जिल्ला अदालत काठमाडौं ओरपर उल्लेख्य रुपमा जम्मा भएका छन् । समर्थकहरुको सम्भाव्य प्रदर्शनलाई लिएर स्थानीय प्रशासनले अदालत र ओरपरको क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाएको छ ।
खड्कालाई गत साउन ३० गते भ्रष्टाचारी ठहर गरिएको थियो । उनलाई बिगो र जरिवाना गरि एक करोड ९४ लाख ७४ हजार रुपैया जरिवाना र १८ महिना जेल सजाय तोकिएको थियो । खड्कालाई भ्रष्टाचारी ठहर गरेको बिरोधका कांग्रेसका भातसंगठनहरुले उनको बचाउनमा देशभरी प्रदर्शन गरेका थिए । नेपाली कांग्रेसले पनि उनको मुद्दाको फैसला त्रुटिपूर्ण रुपमा भएको भन्दै न्यायिक पुनरावलोकनकालागि निवेदन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।