सशस्त्रले बुझायो चिडियाखानालाई चितुवा

४ भाद्र २०६९, सोमबार १४:१८ मा प्रकाशित

काठमाडौं, ४ भदौ । काठमाडौंको स्युचाटारमा आइतबार समातिएको चितुवा सशस्त्र प्रहरीले चिडियाखानालाई सम्पिएको छ । स्युचाटारस्थित एक झाडीबाट एपीएफ टोलीले आइतबार दिउंसो पुच्छरबाहेक ३ फिट ८ इञ्च लम्वाई भएको चितुवा समातेको थियो । स्युचाटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस क्याम्पबाट खटिएको एपीएफ टोलीले समातेको सुनौलो रङमा कालो थोप्ला भएको उक्त चितुवाको तौल करीब ८० के.जी. रहेको बताइएको छ ।
एपीएफका अनुसार स्युचाटारमा चितुवा आएको भनि स्थानीय बासिन्दाले जानकारी गराएपछि उक्त चितुवा नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एपीएफ टोली परिचालन गरेको थियो । सो इलाकामा केही समय अघिदेखि घरपालुवा जनावर हराउन थालेपछि स्थानीय बासिन्दा चितुवाको आशंका गरी चनाखो बसेको र चितुवा देखिएपछि स्थानीय बासिन्दाले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक भट्टराईलाई सूचना दिएका थिए । त्यसपछि एपीएफ टोलीले सम्बन्धित निकायसंग आवश्यक समन्वय गरी विहानैदेखि सम्भावित ठाउँहरुमा चितुवाको खोजी गरेका थिए । एपीएफ टोलीले चितुवा फेला परेपछि चारैतिरबाट घेरा हाली भाग्न नदिएर चिडियाखानाका प्रतिनिधिले चितुवालाई बहोस बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार