‘भारतसंग मिलेर प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाए’

४ भाद्र २०६९, सोमबार १३:२९ मा प्रकाशित

हङकङ, ४ भदौ । नेकपा–माओवादीका पोलिटब्युरो सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धमेन्द्र बास्तोलाले भारतले धेरै अघिदेखि माओवादी पार्टीलाई हाइज्याक गर्ने प्रयत्न गरेको, पुष्पकमल दाहाल र बाबुराम भट्टराईको सहयोग पाएपछि उसको मनसाय सफल भएको बताएका छन् । राष्ट्रिय स्वाधीनताको लागि माओवादीले भारतविरुद्ध वैचारिक तथा राजनीतिक संघर्ष चलाएकैले त्यसबाट क्षुब्ध हुनपुगेको भारतले अनेक षड्यन्त्र गरी माओवादी पार्टी फुटाएको बास्तोलाले दाबी गरे ।
नेपाली जनसरोकार समाज हङकङद्वारा आइतबार हङकङमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले भारतले नेपालको राजनीतिलाई दिग्भ्रमित पार्ने काम गरिरहेको आरोप लगाउंदै भने– ‘स्वयं राष्ट्रपतिले समेत सबै खेल उतैबाट भएको बताउनुभएको छ, बाहिर नेपालको विकास होस्, सबल सरकार बनोस् भन्ने गरे पनि केही भारतीय नेताहरुको मनसाय नेपालप्रति दूराग्रही नै छ ।’ साम्रज्यवादी र विस्तारवादी सोच राख्ने भारतले कांग्रेस, एमाले र मधेशवादी दलहरुलाई पनि ध्वस्त पारेको उनको आरोप थियो ।
प्रचण्डले संघीयता दिन चाहंदैनन् भनेर आफूहरुले पहिले नै भनेको र अहिले आएर कांग्रेस, एमालेले यो कुरा बुझ्न पाएका उनको कथन थियो । भारतसंग मिलेर बाबुरामलाई प्रधानमन्त्री बनाउने तयारी प्रचण्डले पहिले नै गरेको दाबी गर्दै नेता बास्तोलाले नयां खुलासा गरे– ‘भारतसंग मिलेर बाबुरामलाई प्रधानमन्त्री बनाउने तय भइसकेको रहेछ, पूर्वराजदूत राकेश सुदले यसमा मध्यस्थकर्ताको भूमिका खेलेका रहेछन्, अनेक किसिमका षडयन्त्र र तिकडम गरेर हामीलाई धोबीघाट बैठकमा पु¥याइएको पछि मात्र खुलस्त भो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न