विदेश जान चाहानेले श्रम स्वीकृति पाउने, श्रम मन्त्रालय ‘गाइडलाइन’ निर्माणमा जुट्यो

८ असार २०७७, सोमबार १३:३८ मा प्रकाशित

काठमाडौँ, ८ असार । सरकारले वैदेशिक रोजगारी खोल्ने निर्णय गरेपछि विदेश जाने तयारीमा रहेका नेपालीले श्रम स्वीकृति पाउने सम्भावना बढेको छ । सरकारले यसअघि विदेश गएर बिदामा फर्केका र नयाँका लागि वैदेशिक रोजगारीमा पठाउने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारले सरकारबाट निर्णय भएकाले अब विदेश जाने नेपाली श्रमिकहरुलाई श्रम स्वीकृति दिने बाटो खुलेको बताएको छ ।

रोजगारदाता कम्पनी तथा गन्तब्य मुलुकले लिन्छु भनेपछि मात्रै श्रम स्वीकृति दिएर सम्बन्धित देशमा रोजगारीका लागि पठाईने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । ‘विदामा नेपाल फर्किएकालाई पुनः श्रम स्वीकृति र नयाँ रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति दिने प्रकृया आइतबारदेखि सुरु भएको छ’ मन्त्रालयका प्रवक्ता घिमिरेले भने ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार श्रम मन्त्रालयलाई श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेको थियो । मन्त्रालयले ‘गाइडलाईन’ बनाएर वैदेशिक रोजगार विभागमा पठाएपछि सोही अनुसार विदेश पठाउने काम हुनेछ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको थियो । हाल २ लाखको हाराहारी मागपत्र रहेको र २१ हजार श्रम स्वीकृति लिएर पनि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो

चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर