विमानस्थल निर्माणको माग गर्दै ट्याक्सी व्यावसायी आन्दोलनमा

४ भाद्र २०६९, सोमबार १३:०० मा प्रकाशित

कास्की, ४ भदौ । अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थल निर्माणको माग गर्दै पोखरामा सुरु भएको आन्दोलनमा सोमबार ट्याक्सी व्यवसायीले एक्यवद्धता जनाएका छन् । विमानस्थल सरोकार समितिले चरणवद्ध आन्दोलन जारी राखेको छ भने आज सयौं ट्याक्सी व्यावसायीले जुलुससहित विमानस्थल पुगी लगातार ५ मिनेट हर्न बजाएर आन्दोलनमा समर्थन जनाए । ट्याक्सीको जुलुसले विमानस्थल तथा मुख्य सडक अवरुद्ध बन्न पुगेको थियो । गत असारमै सरकारले ठेकेदारसंग सम्झौता गरिसक्नुपर्नेमा हालसम्म पनि त्यो कार्य नभएबाट पोखरावासीमा विमानस्थल परियोजना नै गुम्ने आशंका बढेको छ । आन्दोलन गरेरै भए पनि परियोजना गुम्न नदिने र यथाशीघ्र निर्माणको काम सुरु गरेर समयमै सम्पन्न गर्नका लागि पोखरावासी आन्दोलित भएका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस