अण्डा बोकेको ट्रक त्रिशुलीमा खस्यो, तीनजना बेपत्ता

४ भाद्र २०६९, सोमबार १२:४७ मा प्रकाशित

काठमाडौं, ४ भदौ । बारम्बार दुर्घटना भइरहने पृथ्वी राजमार्गको धादिङ जोगिमारा सडकखण्डमा आज बिहानै अर्को दुर्घटना भएको छ । कुखुराको अण्डा बोकेर राजधानीतर्फ आइरहेको लु १ ख ४९४२ नम्बरको ट्रक सडकबाट त्रिशुली नदीमा खसेर तीनजना बेपत्ता भएका छन् । मकवानपुर मनोहरी–४ का २७ बर्Èीय चालक सुवास पौडेल, तनहुं कोटा–८का १८ बर्Èीय सहचालक दिपक गुरुङ र कोटाकै १७ बर्Èीय रवी गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नदीमा खसेर बेपत्ता भएको ट्रकबारे सोमबार दिउंसोसम्म पनि कतै फेला परेको छैन । गाडिको ब्लू बुक र अण्डाको एउटा क्रेट मात्र घटनास्थलमा फेलापरेको छ । सडकछेउको बार भा“चिएकाले झरेको ठाउ“ मात्र पहिचान भएको गजुरी प्रहरी थानाले जनायो । नदीमा पानीको बहाब बढी भएकाले कसैको उद्धार गर्न नसकिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता