कोरियाको नयाँ सामुदायिक अभियान तालिम लिन नेपाली टोली कोरियामा

२ चैत्र २०६८, बिहीबार ०९:१३ मा प्रकाशित

दक्षिण कोरियाको ग्रामीण बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नयाँ सामुदायिक  अभियान (से-माउल उन्दोङ) राष्ट्रिय परिषदले आयोजना गरेको एक हप्ते अन्तर्राष्ट्रिय अगुवा प्रशिक्षक तालिममा भाग लिन नेपाली टोली  कोरिया आइपुगेको छ |
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चन्द्रलाल श्रेष्ठको नेतृत्वमा आएको सो टोलीमा पत्रकार, प्राध्यापक, कर्मचारी, शिक्षक, किसान र समाजसेवी सहित १५ जना रहेका छन् | परिषदको मुख्य तालिम केन्द्र ख्यङ्गीदो सङनाममा आजबाट १० दिनसम्म संचालन हुने सो तालिममा नेपाल र मंगोलियाका सहभागीहरुले संयुक्त रुपमा तालिम लिने छन् | सहभागीहरूलाई कोरिया नयाँ सामुदायिक अभियानका अध्यक्ष लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूले ग्रामीण विकासमा यस अभियानको अपरिहार्यताबारे जानकारी गराउने छन् |

नयाँ सामुदायिक अभियान नेपालका अध्यक्ष प्रा. नवराज पन्तका अनुसार नेपालमा यो अभियान सन् २००३ मा स्थापना गरिएको हो र यस प्रकारको तालिमा भने २००९ बाट लिन शुरु गरिएको हो | यो नवौं टोली हो |  हालसम्म ९७ नेपालीले प्रशिक्षण लिइसकेका छन् | प्रारम्भमा चितवनको पिप्ले गाबिसबाट शुरु भएको भए पनि हालसम्म चौधै अञ्चलका एक हजारभन्दा बढी नेपालीलाई यो तालिम लिएका छन् | यो अभियानमा स्थानीय श्रोत, साधन र सम्पदाहरूको परिचालन पद्धतिबारे प्रशिक्षण दिईने गरिन्छ |
दक्षिण कोरियामा सन् १९३२ मा कीम योङ कीले “काम नगर्ने भए बरु खाना नै नखाउ” भन्ने नारासाथ शुरु गरेको यो अभियानलाई सन् १९७० अप्रिल २२ मा तात्कालीन राष्ट्रपति पार्क जङ हीले सरकारी मान्यता दिएका थिए | कोरियाको आर्थिक तथा सामाजिक बिकासमा सार्थक बनेको यो अभियानले “गाउँको विकासबाट मात्र देशको विकास सम्भव हुन्छ” भन्ने मान्यतालाई समर्थन गर्दछ | हालसम्म पनि कोरियाको प्रत्येक मन्त्रालयमा नयाँ सामुदायिक बिभाग रहेको छ भने यहाँका प्रत्येक कर्मचारीले यस सम्बन्धी तालिम अनिबार्य लिने गर्दछन् |

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र