राष्ट्रपति अब चुप नबस्ने, राष्ट्रपति र प्रधानमन्त्रीबीच सिधा टकराव

४ भाद्र २०६९, सोमबार ०७:३३ मा प्रकाशित

काठमाडौं, ४ भदौ । प्रमुख सत्तारुढ दल एकीकृत नेकपा माओवादी र मधेसी मोर्चासम्बद्ध दलका नेताहरुले राष्ट्रपति राजनीतिक रुपले सक्रिय हुन खोजेको आरोप लगाइरहेका बेला राष्ट्रपति रामवरण यादवले दलहरुको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै अहिलेको गरिरोध कायम रहे आफू त्यत्तिकै नबस्ने बताउनुभएको छ । खासगरी विपक्षी दलहरुले सक्रिय बन्न सार्वजनिक रुपमा बारम्बार आग्रह गरिरहंदा मुख नखोली बसेका राष्ट्रपतिले राजधानीको उत्तरपूर्वी गाउं सुन्दरीजलको एउटा विद्यालयको स्वर्ण महोत्सवलाई आइतबार सम्बोधन गर्ने क्रममा संविधानको रक्षा गर्ने अधिकार आफूमा रहेको बताए ।

संविधानसभाको समाप्तियता राजनीतिक दलहरुसंग कहिले सामूहिक त कहिले छुट्टाछुट्टै भेटघाट गर्दै आउनुभएका राष्ट्रपति यादवले बारम्बार सहमतिका आधारमा निकास खोज्न आग्रह गर्दै आउनुभएको छ । दलहरुलाई ‘अनुनय बिनय’ गर्दै आउनुभएका राष्ट्रपतिले दलहरुले सहमति नजुटाए आफू त्यत्तिकै नबस्ने बताउनुभयो । उहांको कथन छ– ‘तपइंहरु मसंग नडराउनुस्, तर तपाईंहरु मिलेर आउनुहुन्न भनेचाहिं म यत्तिकै बसिरहन्नं ।’
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र तराईकेन्द्रित गरी दलहरु एक समूहमा बसी सहमति खोज्नुपर्नेमा राष्ट्रपतिको जोड थियो । तर, दलले सहमति जुटाउन नसके संविधानको रक्षा गर्नुपर्ने कर्तव्यलाई समेत आफूले बुझेको राष्ट्रपतिले बताउनुभएको छ । नेपाली जनताले आफूलाई त्यो कर्तव्य सुम्पिएको राष्ट्रपतिको कथन छ । केही समयअघि राष्ट्रपतिसंगको भेटघाट लगत्तै सहमति गरेरै छाड्ने अभिव्यक्ति विपक्षी र सत्ताधारी दुबै पक्षका नेताहरुले दिएका थिए, तर उनीहरुबीच पछिल्लो समयमा आपसी सहमतिको खोजी होइन आ–आफ्नो मोर्चा बलियो बनाउने कसरत हुंदै आएको देखिएको छ । खासगरी विपक्षीहरु र अन्य कतिपयले राष्ट्रपति सक्रिय हुनुपर्छ, देशलाई निकास दिने काम संविधानकै मर्मअनुसार हुन्छ भन्दै आएका छन् । तर सत्तारुढ दलहरु र अन्य कतिपयलेचाहिं राष्ट्रपतिले सरकारको सिफारिस मान्नैपर्ने र दलहरुलाई नै निकास खोज्न छोडिदिनुपर्ने तर्क गर्दै आएका छन् ।
जे होस्, निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपति रामवरण यादवबाट अस्वीकृत भएपछि प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपतिसंग निकै आक्रोशित बन्नुभएको बालुवाटार निकट स्रोतले जनाएको छ । यही आक्रोश र असन्तुष्टिको उपजस्वरुप ‘संवैधानिक राष्ट्रपति कार्यकारी भूमिकामा उत्रिन खोजेको’ भन्दै प्रधानमन्त्रीलगायत सत्ताधारी दलका नेताहरुले राष्ट्रपतिको विरोध गर्न थालेका हुन् । यसरी सत्ताधारीहरु आफूविरुद्ध खुलेरै प्रकट भएपछि राष्ट्रपति पनि आफ्नै ढंगबाट प्रधानमन्त्री बाबुराम भट्टराईका असंवैधानिक काम–कदम उजागर गर्न लागिपर्नुभएको अनुभूति हुन थालेको छ । संविधानसभाको चुनाव गराउने काम सरकारको नभएको बरु राष्ट्रिय सहमतिमा मात्र हुनसक्ने अभिव्यक्ति राष्ट्रपतिबाट आउनुको निहितार्थ पनि यही हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार