नेपाली विद्यार्थीमाथि बेंगलोरमा आक्रमणको प्रयास

४ भाद्र २०६९, सोमबार ०७:३० मा प्रकाशित

काठमाडौं, ४ भदौ । दक्षिण पश्चिमी भारतीय राज्य कर्णाटकको राजधानी बेंगलोरमा अध्ययनरत दर्जनौं नेपाली विद्यार्थीमाथि आक्रमणको प्रयास भएको छ । बेंगलोरसहितका दक्षीणी शहरहरुमा काम तथा अध्ययन गरिरहेका उत्तरपूर्वी भारतीयहरुमाथि आक्रमण तथा धम्कीका खबरहरु सार्वजनिक भइरहेका बेला नेपाली विद्यार्थीहरुमाथि पनि आक्रमणको प्रयास भएको हो । उत्तरपूर्वी भारतीयहरुसंग नेपालीहरु खसगरी मंगोल जातीको अनुहार मिल्दोजुल्दो हुने भएकोले उनीहरुमाथि आक्रमणको प्रयास भएको नेपाली विद्यार्थीहरुले बताएका छन् ।
दक्षिणी भारतीय शहरहरुमा भएका पछिल्ला घटनालाई पूर्वोत्तर भारतीय राज्य आसामका बोडो आदिवासी र बंगाली मुस्लिमबीच भड्किएको दंगासंग जोडिएर हेरिएको बताइएको छ । भारत सरकारले सुरक्षाको आश्वासन दिए पनि आक्रमणको त्रासका कारण पछिल्ला केही दिनमै हजारौं उत्तरपूर्वी भारतीयहरु घर फर्किसकेका छन् ।
बेंगलोरस्थित एक कलेजमा स्नातक तहमा अध्ययन गरिरहेका एक नेपाली विद्यार्थीले शनिबार राती खाना खाएर छात्रावास फर्कंदै गर्दा अज्ञात समूहले आफूसहितका नेपाली विद्यार्थीमाथि आक्रमणको प्रयास भएको बताएका छन् । नेपाली अध्ययनरत कलेजमा आक्रमणको प्रयास भएका कारण सुरक्षा प्रबन्ध कडा बनाइएको छ । आक्रमणको कारणबारे तत्काल प्रस्ट हुन भने सकिएको छैन ।
नेपाली विद्यार्थीहरु अत्यन्त त्रासमा रहेको बुझिएको छ । यतिबेला भर्नाको समय चलिरहेकोले आफ्नो प्रतिष्ठामा आंच आउने डरले कलेजहरुले वास्तविकता लुकाइरहेको विद्यार्थीहरुको गुनासो छ । सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन नसकेकोले विद्यार्थीहरुले आफूहरुलाई तुरुन्त घर फर्कने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको