विपक्षी दलका नेताहरु राष्ट्रपति शासनको पक्षमा

४ भाद्र २०६९, सोमबार ०७:२७ मा प्रकाशित

काठमाडौं, ४ भदौ । सरकारले पठाएका चुनावसम्बन्धी दुईवटा अध्यादेश जारी नगरेयता सरकार र सत्ताधारी दलहरु राष्ट्रपतिविरुद्ध खनिन थालेपछि विपक्षी दलका नेताहरुले राष्ट्रपति शासनसमेत स्वीकार्य हुन सक्ने धारणा सार्वजनिक गर्न थालेका छन् । नेकपा एमालेका दुईजना वरिष्ठ नेताले हिजो सार्वजनिक रुपमा राष्ट्रपतिको जोडदार बचाउ गर्दै कुनैपनि बेला राष्ट्रपतिले सरकार बर्खास्त गर्नसक्ने धारणा व्यक्त गरेका छन् ।
केही दिनयता आन्तरिक बैठकहरुमा व्यस्त राजनीतिक पार्टी नेपाली कांग्रेसभन्दा पनि नेकपा एमालेका नेताहरु राष्ट्रपतिको जोडदार बचाउमा देखिएका छन् । कांग्रेसका सभापति सुशील कोइरालासंग आइतबार गोप्य वार्ता गरेपछि एमालेका एक वरिष्ठ नेता केपी शर्मा ओलीले राष्ट्रपति शासन असम्भव नरहेको धारणा व्यक्त गरे । ‘आवश्यक पर्दा राष्ट्रपति शासन पनि संवैधानिक र परिस्थितिअनुसार स्वाभाविक हुन जान्छ’, नेता ओलीले भने । तथापि आफूहरुले अहिले नै त्यस्तो विकल्प नसोचिएको भन्दै केवल सत्ता कब्जा हुन नसक्ने कुरा माओवादीलाई बुझाउन मात्रै खोजिएको भनी उनले सफाई पेस गरे । तर, राष्ट्रपतिले जसनसुकै बेला प्रधानमन्त्री भट्टराईलाई बर्खास्त गर्न सक्नेमा नेता ओलीले अडान दर्शाए । ‘राष्ट्रपतिको पत्र बोकेर भट्टराई सिंहदरबारमा बसेका हुन्, नत्र कुन हैसियत छ र ? कामचलाउ बनिसकेकै हो अब बिदा दिएं भनी अर्को एउट पत्र राष्ट्रपतिले थमाइदिए खुरुक्क घर फर्किनै पर्छ नि,’ ओलीको तर्क छ ।
एमालेकै अर्का नेता तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि राष्ट्रपतिलाई नडग्मगाउन आग्रह गरे । उनले राष्ट्रपति यादव एक्लै नभएको बरु उहांका पछाडि एमालेलगायतका दलहरु र आमनेपाली जनता रहेको उद्घोष पनि गरे । पहिलेदेखि नै राष्ट्रपति शासनको वकालत गर्दै आएको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि राष्ट्रपतिलाई सरकारको लहैलहैमा भन्दा पनि आफ्नो विवेक प्रयोग गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति शासनको सम्भावना दर्शाएका एमाले नेता केपी शर्मा ओली केही दिनअघि मात्रै नेपालको आन्तरिक मामलामा प्रभाव राख्ने दक्षिण छिमेकी भारत भ्रमणबाट फर्किएका थिए भने आइतबार उनी फेरि त्यसतर्फ लागेका छन् । यता राष्ट्रपति शासनको पक्षमा वकालत गरेर भारत भ्रमणमा ओली निस्कनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका