दुबईबाट पहिलो चार्टड उडानः १४८ नेपाली बोकेर निगमको न्यारोबडी काठमाडौँ आउँदै

५ असार २०७७, शुक्रबार ०९:२३ मा प्रकाशित

दुबई, ५ असार । संयुक्त अरब इमिरेट्स (यूएई) बाट पहिलो चार्टड बिमान उडेको छ । १४८ नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज दुबईबाट काठमाडौँका लागि उडेको हो ।

आज फर्किने मध्ये १०१ जना महिला (९४ गर्भवतीसहित) र ४७ जना पुरुष छन् । जहाजमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक पनि छन् । जहाजमा गत चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पनि रहेको छ ।

नेपाल फर्किएकाहरुले सरकारले तोकेको ३६० अमेरिकी डलर तिरेर टिकट काटेका छन् । उनीहरु सबैको विमानस्थलमा निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो

चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर