थाइ एयरवेजका कर्मचारी आन्दोलनमा

३ भाद्र २०६९, आईतवार २०:३५ मा प्रकाशित

काठमाडौं, ३ भदौ । ज्याला बृद्धि, उपदान र स्वास्थ्य उपचार व्यवस्था लगायतका माग पुरा गर्न थाइ एयरवेजका कर्मचारीले व्यवस्थापन पक्षलाई १५ दिने अल्टिमेटम दिएका छन् ।  थाइ एयरवेज इन्टरनेशनल मजदुर कर्मचारी युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर १५ दिन भित्रमा माग पुरा नगरिए हड्तालमा जाने घोषणा गरेका छन् ।
युनियनका अध्यक्ष अमरवहादुर पौडेलले १५ दिन भित्र माग पूरा नभए हवाई टिकट विक्री रोक्ने, एयर कार्गो बन्द गर्ने र केन्द्रीय कार्यालयमा धर्ना दिने चेतावनी दिए । एयरवेजमा कार्यरत ६६ जना नेपाली कामदारले गएको माघमा व्यबस्थापनसमक्ष सात बुँदे मागपत्र पेश गरेका थिए । सात महिनाको अबधिमा श्रम कार्यालयमा तीन पटक र एयरवेजको नेपाल सिटि अफिसमा तीन पटक भएको वार्ताबाट समाधान ननिस्किएपछि आन्दोलनमा जानुपरेको कर्मचारीहरुले बताएका छन् ।
व्यबस्थापन तहसम्मका कर्मचारी समेत सहभागि आन्दोलनलाई समाधान गर्न ग्लोबल ट्रेड युनियन फेडेरेसन अन्र्तगतको अन्र्तराष्ट्रिय यातायात महासंघ (आईटीएफ)ले समेत चासो व्यक्त गरेको छ । आईटीएफ जल, थल र आकाशीय यातायातमा काम गर्ने श्रमिकहरुको अन्र्तराष्ट्रिय संगठन हो । गएको महिना नेपाल आएको आईटीएफको एक टोलीलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्टले थाई एयरवेजको विवादको बारेमा जानकारी गराएको थियो । आइटिएफले थाई एयरवेजको मुख्य कार्यालयमा रहेको ट्रेड युनियन मार्फत समस्या समाधानको पहल थालिसकेको जिफन्टका महासचिब उमेश उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ