अन्तराष्ट्रिय उडान सुरु भएको १५ दिनसम्म कायम हुने गरी पर्यटक भिसा नवीकरण

३ असार २०७७, बुधबार २१:२३ मा प्रकाशित

काठमाडौँ, ३ असार । अध्यागमन विभागले गत चैत्र ८ गतेसम्म पर्यटन भिसाको अवधि रहेका विदेशी पर्यटकहरू अन्तराष्ट्रिय उडान सुरू भएको १५ दिनभित्र भिसा नियमित गर्न अध्यागमन विभाग आइरहनु नपर्ने जनाएको छ । गृह मन्त्रालयले गरेको निर्णयबारे बुधबार साँझ सूचना जारी गर्दै विभागले पर्यटन भिसा नियमित भएका विदेशी पर्यटकहरूको भिसा अन्तराष्ट्रिय उडान सुचारू भएको १५ दिनसम्म कायम रहनेगरी निःशुल्क नविकरण गरिने जनाएको छ ।

गत चैत ८ सम्म पर्यटक भिसा नियमित भई रूपान्तरण गर्न चाहने र लकडाउनको अवधिमा भिसा अवधि समाप्त भएका सबै किसिमका भिसा पनि साउन ३० भित्र नियमित गरेमा कुनै विलम्ब शुल्क र जरिवाना नलाग्ने विभागले जनाएको छ ।

यस्तो छ विभागको सूचनाः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।