पार्टी छोडेर नयाँ पार्टी गठनमा जाने वा नजानेमा एमालेका असन्तुष्ट भित्रै दुई धार

३ भाद्र २०६९, आईतवार २०:३३ मा प्रकाशित

काठमाडौं, ३ भदौ । नौ बुँदे मागका विषयमा पार्टीको धारणा अघि सारेर पूर्ववत जिम्मेवारीमा फर्कन समयसीमासहित असन्तुष्ट नेताहरुलाई आग्रह गरेपछि एमालेका असन्तुष्ट जनजाती नेताहरुवीच मतभेद देखिएको छ । एमालेका असन्तुष्ट नेताहरु पार्टी छोडेर नयाँ पार्टी गठनमा जाने वा नजानेमा विभाजित हुन पुगेका हुन् ।
पार्टीले आफ्ना मुद्दाहरुको सम्बोधन गर्नुको साटो झन् कडा रबैया अपनाएको केहीको भनाई छ भने, नौ बुँदे मागपत्रका विषयमा पार्टी दृष्टिकोण सार्वजनिक गर्ने प्रतिवद्धता आउनुलाई अर्काथरीले सकारात्मक भनेका छन् । पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ्, रामचन्द्र झा र केन्द्रीय सदस्य दलबहादुर राना लगायत नेताहरु पार्टीले आफ्ना मुद्दावारे दृष्टिकोण सार्वजनिक गरे पार्टी भित्रै अन्तरसंघर्षले विषयहरुलाई टुंग्याउँदै जाने पक्षमा देखिएका छन् । उपाध्यक्ष अशोक राई पनि नौ बुँदे मागका विषयमा पार्टीको धारणा सकारात्मक आए सोच्न सकिने वताउँछन् । तर, केही नेताहरुले समयसीमा दिएर पूर्ववत जिम्मेवारीमा फर्कन गरेको आव्हानलाई तेस्रो चरणको कारवाहीका रुपमा अथ्र्याएका छन् ।
स्रोतका अनुसार पोलिटब्युरो सदस्यद्वय गुरुङ र झा, केन्द्रीय सदस्य किरण गुरुङ्, दलबहादुर राना, बीरबहादुर लामा पार्टी भित्रै वैचारिक संघर्ष चलाएर बस्नु पर्ने पक्षमा देखिएका छन् भने पोलिटब्युरोका बैकल्पिक सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ्, राजेन्द्र श्रेष्ठ, अजम्बर राई काङ्माङ् पार्टीमा फर्कने सम्भावना कम भएको निश्कर्षमा छन् । ‘पार्टी नेतृत्व कसरी आउँछ हेर्छाै नौ बुँदे मुद्दाका विषयमा सकारात्मक दृष्टिकोण आए सोच्न सकिन्छ’ उपाध्यक्ष राईल भने, ‘अहिलेसम्म केही आएको छैन औपचारिक रुपमा पार्टी दृष्टिकोण आएपछि कुरा गरौंला ।’ हिजो एमाले स्थायी समिति बैठकले असन्तुष्ट नेताहरुले बुझाएको नौ बँुदे मागका विषयमा पार्टी दृष्टिकोण अघि सार्ने, निश्क्रिय रहेका नेताहरुलाई पूर्ववत जिम्मेवारीमा फर्कन आव्हान गर्ने र पार्टीमा फर्कने संभावना नरहेको उपाध्यक्ष अशोक राईको अभिब्यक्तिवारे उनीसँग लिखित धारणा माग्ने निर्णय गरेको थियो ।
पार्टी भित्रै रहन चाहने नेताहरुले ९ बुँदे मागका विषयमा पार्टीले धारणा सार्वजनिक गर्ने अग्रसरता देखाउनुलाई सकारात्मक रुपमा लिएका छन् । ‘पार्टीले यस विषयमा दृष्टिकोण सार्वजनिक गरोस् न  हामीलाई किन एमाले छोड्नु प¥यो?’ पोलिटब्युरो सदस्य रामचन्द्र झाले भने, ‘कतिपय कुरा अहिले नै सम्बोधन होलान् कतिपय कुरा काम गर्दै जाँदा मिल्दै जान्छन् ।’ समाधानवारे पार्टी नेतृत्वसाग नियमितजस्तै कुराकानी भएको झाले वताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्