नक्कली नोट र एकमुखे रुद्राक्षसहित पक्राउ

३ भाद्र २०६९, आईतवार १९:४४ मा प्रकाशित

काठमाडौं, ३ भदौ । तनहुंको भानु गाविस वडा नं. ५ बस्ने ५२ बर्षीय बुद्धि परियारलाई प्रहरीले हजारका नक्कली नोट १६ थान र दुईवटा एकमुखे रुद्राक्षसहित पक्राउ गरेको छ । अभियुक्त परियारले स्थानीय पसलमा सामान किनी नक्कली नोट दिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तत्काल प्रहरीले उनलाई नियन्त्रमा लिई चेकजाँच गर्दा उक्त नोट र रुद्राक्ष बरामद भएको थियो ।
यसैबीच रौतहट वरियापुर–६ बस्ने ३५ बर्षीय अमिन्द्र पटेल धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । आफ्नी पत्नी निर्मलादेवीसंग खेतमा काम गरिरहेको अवस्थामा २÷३ जनाको संख्यामा आएका नकावधारीले दुवै हात र घांटीमा धारिलो हतियार प्रहार गर्दा घाइते भएका उनको उपचार बीरगञ्जको नेशनल मेडिकल कलेजमा भइरहेको छ । नकावधारीहरुले निर्मलादेवीलाई समेत कुटपिट गरेका थिए । प्रहरीले उक्त घटनाका शंकास्पद जगदीप रामसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ