सबै हामी नेपाली [कविता ]

२ असार २०७७, मंगलवार १४:२४ मा प्रकाशित

लेखक ;गोविन्द प्रधान ९क्षितिज

सबै हामी नेपाली

मेची र महाकाली तराई पहाड हिमाली सबै जाती सबै भाषी सबै हामी नेपाली

सबै धर्म सबै संस्कार संकृतिको धनी हिमालको काख अनि तराईको फांटमा पनी । एउटै धुन गुनगुनाउंछन एउटै बोली पनि खोला नाला पाखा पखेरा खेत बारीमा पनि ।।

मेची र महाकाली तराई पहाड हिमाली सबै जाती सबै भाषी सबै हामी नेपाली

रहन सहन एउटै हाम्रो एउटै भेष पनी कोही छैनौ साना ठुला सबै हामी बराबरी । सबै भेग सबै भेगी एउटै हौ हामी पनी उंचो निचो मन मात्र सदभाव राखौं मनभरी ।।

मेची र महाकाली तराई पहाड हिमाली सबै जाती सबै भाषी सबै हामी नेपाली

प्यारो लाग्छ दौरा सुरुवाल, ढाका टोपी चौबन्दी र गुन्यौ, फरिया घाङगर र हाकु पतासी । बख्खु भाङग्रा कछाड कम्मरमा पटुकी झन राम्रो धोती कुर्था बन्डी शिरमा पगरी गुथेसी ।।

मेची र महाकाली तराई पहाड हिमाली सबै जाती सबै भाषी सबै हामी नेपाली/जय नेपाल ;

 

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो