प्रधानमन्त्रीको इरान भ्रमण तय

३ भाद्र २०६९, आईतवार १९:३१ मा प्रकाशित

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको इरान भ्रमण तय भएको छ । असंलग्न राष्ट्रहरुको १६ औँ शिखर सम्मेलनमा भाग लिन आगामी १३ गते बुधबार प्रधानमन्त्री इरान प्रस्थान गर्ने भएका छन् । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन भदौ १४ र १५ गते इरानको राजधानी तेहरानमा हुँदैछ । प्रधानमन्त्रीको साथमा उनकी छोरी मानुषी यमी पनि इरान जांदैछिन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री डा भट्टईले इरानका राष्ट्रपति अहम्मद निजादलाई भेट्नाका साथै छिमेकी राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले गर्ने अन्य भेटवार्ताको समय तालिका मिलाउन राष्ट्रसंघीय नियोगका नेपाली पदाधिकारीलाई आग्रह गरिएको पनि बताइएको छ । १२ र १३ गते आयोजना हुने शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा भाग लिन उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश पनि भदौ ११ गते त्यसतर्फ जांदैछन् भने प्रधानमन्त्री डा. भट्टराई भदौ १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार