रुकुम घटनाको बेलिबिस्तार !

२०७७ जेठ १० गते मध्यराती एक स्थानीयले लाइभ गरेको फेसबुक लाईभबाट सुचना मुलक जानकारीका रुपमा शुरु भएको "६ जनाको ज्यान जाने गरी भएको रुकुम-जाजरकोट घटना" अहिले देश विदेशमा समेत चर्चित बनेको छ।
१ असार २०७७, सोमबार १७:३५ मा प्रकाशित

२०७७ जेठ १० गते मध्यराती एक स्थानीयले लाइभ गरेको फेसबुक लाईभबाट सुचनामुलक जानकारीका रुपमा शुरु भएको “६ जनाको ज्यान जाने गरी भएको रुकुम-जाजरकोट घटना” अहिले देश विदेशमा समेत चर्चित बनेको छ । उक्त ५२ सेकेन्डको फेसबुक लाईभ भिडियोमा बगिरहेको नदीको पानी मै घोप्टिएको अवस्थामा एउटा शव देखिन्छ। यो फेसबुक लाइभ भिडियोमा खिच्ने व्यक्तिले भनेका छन्- ‘अहिले रातिको १ बजेको छ…यो मान्छे मारेर फालिएको छ…यो चाहिँ लाइभ भिडियोमार्फत् हजुरहरुलाई प्रत्यक्ष हामी देखाइरहेका छौँ। यो लाश देखिराख्नु भएको छ। मान्छे मारेर फालिएको हो यो गाइज…यो के हो, कस्तो हो चाहिँ भोलि थाहा हुनेछ ..लाशको मुख चाहिँ देखिरहेको छैन।’

यसरी फैसबुक लाईभबाट घटनाको सुचना बाहिरिएपछि राससले पहिलो समाचार बाहिर ल्यायो। घटनाको तीन दिनपछि बल्ल यो घटनालाई महत्व दिएर कान्तिपुर र नयाँ पत्रिकाले पहिलो पेजमा छापे । रुकुम र जाजरकोट जोड्ने पुल नजिकै भेरीमा शव फेला परेको सूचना प्रहरीलाई राति १० बजे नै आइसकेको थियो भने शव नवराज विककै भएको सनाखत स्थानीयले राति १ बजे गरेका थिए। मिडियामा भने केही घण्टापछि मात्र राससका जाजरकोट रिपोर्टर हेमन्त केसीले यो समाचार बाहिर ल्याए।जेठ ११ गतेको बिहानी बुलेटिनको यो समाचारलाई देशका अधिकांश मिडियाले आफ्नै हेडलाइन राखेर प्रकाशन/प्रसारण गरे। बिहान ७ देखि ८ बजेको बीचमा बिहानी डेस्क सक्रिय भएका अधिकांश अनलाइनमा यो समाचार विभिन्न हेडलाइनमा आइसकेको थियो।

‘उच्च जात’ की युवतीसँग प्रेम गरेको भन्दै गाउँलेको कुटाइबाट दलित युवकको मृत्यु शिर्षक दिदै जातीय विभेदसँग जोडेर पहिलो पटक अनलाइनखबरले यो समाचारलाई हेडलाइन बनायो। समाचारमा फेसबुकमा ब्रेक भइसकेको भेरी नदीमा शव भेटिएको बारे केही उल्लेख छैन। समाचार पढ्दा गाउँलेले गाउँमै कुटपिट गर्दा नवराजको मृत्यु भएको जस्तो बुझिन्छ।घटनामा एकपछि अर्को पत्र खुल्दै गयो र १० दिनको अन्तरमा दिन बिराएर एक एक गर्दै ६/६ जनाको शव भेटिएपछि पो घटना यति गम्भीर प्रकृतिको रहेको स्पष्ट भयो। यो जघन्य प्रकृतिको अपराध भएको स्पष्ट भयो ।किशोरी कै ‘आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका जुन कुरा अनुसन्धानबाट पुष्टि भइसकेको विषय भने होइन।

त्यतिबेला १९ जना नवराजसित गएको, १२ जनालाई किशोरीको सोती गाउँका गाउँलेहरुले प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएको र सात जना हराएको र एक जनाको शव भेटिएको भन्ने नै थियो।त्यही दिन बेलुकी अर्को लाश भेटियो नदीमा- रुकुम पश्चिम चौरजहारी नगरपालिका १ घर भएका टीकाराम विक । घटना शनिबार भएको थियो, मंगलबार बल्ल कान्तिपुर र नयाँ पत्रिकाको पहिलो पेजमा प्राथमिकताका साथ यो घटनाको समाचार छापियो। यही दिन दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा जनार्दन शर्माले दिएको विवादास्पद वक्तव्यपछि नै एउटा ट्रयाकमा गइरहेको घटनाको अनुसन्धानमा अकस्मात् नयाँ मोड देखियो।घटनामा राजनीतिकरण भएको विभिन्न छापामा आएका नौरङ्गी समाचारहरुले देखाउँछ। एउटा मिडियामा आएका कुरालाई अर्को मिडियामा आएको कुराले काट्ने गरेको पनि देखियो।

कुनै मिडीयाले -‘नवराजले केटी लिन जाँदा घरपरिवारलाई जानकारी भने गराएका थिएनन् । उनी ‘काफल खान जान्छु’ भन्दै घरबाट निस्केको आमा उर्मिलाले बताइन्।’भन्दै समाचार सम्प्रेषण गरे भने तर कुनैले भने – ‘जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन्।’भन्दै एकअर्कामा बाझिने समाचारहरु सम्प्रेषण गरे ।यस्ता समाचारहरुलाई हेर्दा घटनालाई आ आफ्नै ढङ्गबाट मोड्न खोजेको प्रष्ट देखिन्छ । यतिसम्म आईपुग्दा “नवराजले आफ्नो अन्तर्जातीय प्रेमलाई सफल बनाउन प्रेमिकालाई भगाएर ल्याउन साथीहरु लिएर केटीको गाउँ गए।केटीको परिवारले कथित तल्लो जातको भन्दै उनीहरुलाई लखेटे। त्यतिमात्र होइन गाउँलेले उनीहरुलाई लखेटीलखेटी घेरा हाली कुटीकुटी मारे अथवा गाउँलेहरुले लखेट्दै लगेर भेरीमा हामफाल्न वाध्य पारे र उनीहरुलाई नदीबाट निस्कन नदिने व निस्कन नसक्ने अवस्था श्रृजना गरे ।केटा जाजरकोट निवासी, केटी रुकुम पश्चिम निवासी। घटना भएको रुकुम पश्चिममा, लाश भेटिएको जाजरकोटमा। सोसल मिडियामा पनि धेरै चर्चाको विषय बन्यो रुकुम घटना ।”हरेक घटनाका पछाडि व्यक्तिका आफ्ना विचार हुन्छन् र त्यसै अनुसार एजेन्डा सेटिङ पनि हुन्छ। तर तथ्य मारेर एजेन्डा सेटिङ हुनु राम्रो होइन।”यस घटनाका बिषयमा जाजरकोट र रुकुमका प्रहरी कै फरक फरक भाषा र रुप बाहिरिनु राम्रो होइन।दलीय आस्थाका आधारमा पनि फरक समाचार आए। एकातिर पीडक पक्षको कुरा धेरै सुनिने र अर्कोतिर पीडित पक्षको कुरा सुनिने हुदा वास्तविक न्यायका लागि र न्यायको पक्षमा कमै लेखेको देखिन्छ।

पोस्टमार्टममा संलग्न चिकित्सकले रिपोर्ट तयार नै नभएको भनेर वताईरहदा कान्तिपुरले खोक्रो र झूठा समाचार सम्रेषण गर्दै “रुकुम घटनामा भेटिएका शवहरुको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्।” भन्दै अनुसन्धानका शिलशिलामा पोष्टमार्टम रिपोर्ट सार्वजनिक नहुने कुरा आम नागरिकलाई जानकारीमा हुने कुरालाई पनि कान्तिपुरले लालबुझक्कड बन्दै समाचार बनायो । “नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको ।”भन्ने बनावटी समाचार सम्प्रेषण गर्यो। वास्तवमा पोस्टमार्टम रिपोर्टले धेरै कुरा खुलाउँछ । ६ जनालाई कुटपिट गरेर बेहोस अवस्थामा फ्याँकेको कि मारेर फ्याँकिएको वा नदी तर्ने क्रममा डुबेर मरेको जस्ता प्रश्नको धेरै हदसम्म जवाफ दिन्छ। रुकुम घटनालाई ‘हत्या’, ‘डुबेर मरेको’, भेरीमा ‘हाम्फालेको’ जस्ता शब्दहरु प्रयोग हुदहुदै नरसंहार समेत भनियो । “रुकुमको चौरजहारी नरसंहारमा निर्मला प्रकरणमा जसरी हामी कसैको शिर नझुकोस्।”भन्दै सम्पादकिय समेत आयो । रुकुम घटनाको लागि नरसंहार शब्दको प्रयोग व्यापक हुन थाल्यो।केही मिडियामा समाचारमै पनि नरसंहार शब्दको प्रयोग गरे। घटनास्थल प्रकृती , रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव घाइते चोटपटक लागेको अवस्थामा भेटिनुले अनुसन्धान कर्ताहरुलाई घटनाको वस्तुस्थिती बुझ्न सहज भयो।

प्रेमिकाका आफन्त र प्रहरीबाट नवराजलाई जान ‘बन्देज’ थियो तर प्रेमिकाले बोलाएपछि उनी जेठ १० गते सोती पुगे । त्यतिबेला उनका साथमा अरू १८ साथी थिए । प्रेमिका ल्याउन त पाएनन् नै, फर्कंदा सोतीका स्थानीयको बर्बर आक्रमणमा परे, नवराज र उनका पाँच साथीको हत्या भयो । अरू १२ जना घाइते भए । यो पाशविक घटनाको बीजारोपण त्यही वैशाख १७ मा भएको थियो । जुन दिन प्रहरीले औपचारिक जाहेरीबिनै नवराजलाई एक रात थुनेको थियो । जसरी त्यतिबेला वडाध्यक्षको लकडाउन उल्लंघनको झूटो आरोपलाई पत्याउँदै प्रहरीले नवराजलाई पक्रेको थियो, करिब उही शैलीमा जेठ १० गते पनि प्रहरी घटनास्थल पुगेको देखिन्छ ।त्यो दिन पनि वडाध्यक्षले नै ‘भेरीका केटा आएर लकडाउन उल्लंघन गरे, होहल्ला गरे’ भनेर फोन गरेका थिए, प्रहरी पहिले सोतीतिर लम्कियो, पछि भेरीको किनारतिर । जहाँ चारैतिर गाउँलेले घेरा हालेर नवराजका साथीहरूलाई कुटपीट गरेको भन्ने विभिन्न समाचारहरुले बताईरहेकै छन्।

स्थानिय तह देखि केन्द्रिय तह सम्मका नेतृत्व वर्गबाट आईरहेका प्रतिक्रियाहरुबाट यस घटनालाई राजनीतिकरण गर्ने, बिषयान्तर गर्ने र मुद्दालाई कम्जोर पार्ने खेल हुनसक्ने कुरालाई नजरअन्दाज गर्न सकिन्छ । पिडीतको न्यायका लागि यस बिषयमा जनस्तरबाट शसक्त प्रतिवाद हुन जरुरी छ । सत्य कुरालाई संसदीय राजनितीको फोहरी खेलले ढाकछोप गर्न खोज्नु क्षेणिक पानीको फोका र पिसाबको न्यानो जस्तै हो भन्ने कुरालाई नेतृत्व वर्गले बिर्सिनु हुदैन । रुकुम चौरजहारी घटनालाई सामान्य सामाजिक घटना मात्रै नभएर सत्ता राजनितीसंग जोडिएको बिषयका रुपमा हेरीनु जरुरी छ। यसलाई कम्जोर कानुनी नजरले मात्रै हेरेर पुग्दैन । वर्गिय राजनिती र साँस्कृतिकको दृष्टिकोणले हेर्नुपर्छ र सोही बमोजिमको यस घटनामा न्यायिक उपचारका लागि हल खोजिनुपर्छ । यसघटनाले सदनदेखि सडकसम्म दलितहरू नै बढी चिच्याउनु पर्ने दुखद घटना फेरि पनि दोहोरिनु राम्रो संकेत मान्न सकिन्न। यो मानवता बिरुद्धको अपराध थियो र हो पनि । तर कतिपय कथित उच्च जात भनिनेहरुले केटीको उमेर, जवरजस्ती हुलहुज्जेत लगाएतका पगरी गुथाएर नकारात्मक टिप्पणी गर्नु निकै दुखद र खेदजनक सवाल परिस्थिती हो । हेर्दा सामान्यतया यो दुई परिवार र दुई जातीय लडाइँ जस्तो देखिएता पनि वास्तवमा त्यो होईन भन्ने घटनाको वस्तुस्थितीले देखाउँछ । आज रुकुमपश्चिम र जाजरकोटको भेरी बगरमा नवराज बिक लगाएतका युवाको पोखिएको रगतले न्याय मागिरहेको कुरालाई मध्यनजर गर्दै दोषीलाई कार्वाहि र पिडीतलाई न्याय दिने तर्फ राज्यको पनि ध्यान जानु जरुरी छ भने पिडीतलाई न्याय दिलाउन हामी सबैले आ आफ्नो क्षेत्र वर्ग जातजाती सबैतिरबाट एकै स्वरमा आवाज उठाउनु जरुरी देखिन्छ । सबैलाई चेतना होस ।

(लेखक अधिवक्ता हुनुहुन्छ)

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक