एमाओवादीद्वारा पत्रकारमाथि दुर्व्यवहार

३ भाद्र २०६९, आईतवार १८:२६ मा प्रकाशित

बारा, ३ भदौ । एकीकृत नेकपा माओवादीका कार्यकर्ताले बाराका पत्रकार विभु अधिकारीमाथि दुर्व्यवहार गरेका छन् । बाराको सिमरा विमानस्थलमा समाचार संकलनका लागि आइतबार बिहान पुगेका बेला माओवादी कार्यकर्ताले नेपाल पत्रकार महासंघका सदस्य अधिकारीलाई दुर्व्यवहार गरेका हुन ।
माओवादी अध्यक्ष प्रचण्डले विमानस्थलको बिशिष्ट कक्षमा सन्चारकर्मीसंग कुरा गरिरहेका बेला समाचार संकलनका लागि पुगेका नारायणी एफएम र न्यूज २४ का बारा सम्बाददाता समेत रहेका  अधिकारीलाइ माओवादी कार्यकर्ताले दुर्व्यवहार गरेका हुन । माओवादीका नेता एंव पूर्वमन्त्री प्रभु साहको निर्देशनमा आफूलाई दुर्व्यवहार भएको र लछार पछार गर्दै बिशिष्ट कक्षबाट बाहिर निकालेको अधिकारीले बताए ।
पत्रकार अधिकारीमाथि भएको दुर्व्यवहारको सन्चार सम्बद्ध विभिन्न संघ संगठनले विरोध गरेका छन । नेपाल पत्रकार महासंघ बाराले पत्रकार अधिकारीसंग माओवादीका कार्यकर्ताले दुर्व्यवहार गर्नु  अत्यन्त निन्दनीय काम भएको भन्दै घटनाको घोर भत्र्सना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल