राष्ट्रपतिविरुद्ध खनिए सत्ताधारीहरु

३ भाद्र २०६९, आईतवार १८:२४ मा प्रकाशित

काठमाडौ, ३ साउन । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राष्ट्रपति डा रामबरण यादव पूर्व राजा ज्ञानेन्द्र बन्ने पथमा उद्यत रहेको भन्दै यस्तै गरिरहे अब धेरै दिन रहन नसक्ने चेतावनी दिएका छन् ।
राजधानीमा आज गरेको कार्यक्रममा बोल्दै कर्णले अध्यादेश जारी नगरेर राष्ट्रपतिले संविधानको उल्लघन गरेको भन्दै राष्ट्रपतिको कदम विरुद्ध माओवादी र मधेसी मोर्चाले संयूक्त रुपमा आन्दोलन गर्ने बताए । उनले सरकारले फेरि राष्ट्रपतिले अस्विकृत गरेको विद्येयक पठाउने जानकारी दिदै त्यसपछि पनि राष्ट्रपतिले फिर्ता गरे आन्दोलन गरेर राष्ट्रपतिलाई हटाउने चेतावनी दिए। कर्णले भने–फेरि अध्यादेश लिएर जान्छौ त्यसपछि पनि फिर्ता गरेर राष्ट्रपतिलाई बाँकी राख्दैनौ ।
उनले राष्ट्रपतिले असम्बैधानिक कदम चालेर प्रधानमन्त्री हटाउने प्रयास गरे जनताले राष्ट्रपति हटाउने भन्दै त्यस्तो अवस्थामा अर्को निर्वाचनसम्म यहि सरकार रहे पनि राष्ट्रपति भने नरहने ठोकुवा गरे । राष्ट्रपति नयाँ निर्वाचन गर्न दिने पक्षमा नरहेको आरोप लगाउँदै कर्णले राष्ट्रपतिले संविधान अनुसार सरकारले पेश गरेको अध्यादेश फिर्ता गर्नै नसकने ठोकुवा गरे ।
सत्ताधारी दलका नेताहरुको यस्ता टिप्पणी तथा अभिव्यक्तिलाई नागरिक समाजले भने सत्तानोन्मादको नमूना भएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार